Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २९ सय ६० अंकमा

सेयर बजार परिसुचक २९ सय ६० अंकमा


काठमाडौं ।
सेयर बजार परिसुचकले हालसम्म कै उच्च रेर्कड बनाएको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार बजार परिसुचक ५३ दसमलव ४४ अंकले उकालो लागेर २९ सय ६० दसमलव १४ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ४७ अंकले उकालो लागेर पाँच सय २८ दसमलव १० अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुुई सय १८ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख ४९ हजार सात सय आठ पटकको कारोवारमा तीन करोड ५७ लाख तीन सय ७४ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसअनुसार यसदिन कुुल कारोवार रकम १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज १३ वटा उपसमुहको कारोवार भएका छन् । जसबाट यसदिन तीन वटा उपसमुहको सुचक ओरालो लागेर १० वटा उपसमुहको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया