Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतरल अक्सिजन प्लान्टको शिलान्यास

तरल अक्सिजन प्लान्टको शिलान्यास


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो तरल अक्सिजन प्लान्टको शिलान्यास गरेका छन् । उनले आइबार प्रधानमन्त्री निवास बालुवाटारबाटै भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् । कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि प्लान्टको स्थापना हुनु असाधारण खुसीको विषय भएको बताए ।

कोभिड १९ सिर्जित विकट परिस्थितिले यस कार्यमा प्रेरित गरेको पनि प्रधानमन्त्रीले बताए । ‘दोस्रो लहरले हामीलाई एक्कासि अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महँगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौँ’, उनले भने । अचानक बढेको उच्च मागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचना समेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्नेलगायतका काम समेत गरिएको प्रधानमन्त्रीले उल्लेख गरे ।

त्यस अवस्थामा सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक एक सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्यरूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको पनि उनले बताए । महामारीका समयमा त्यसबाट पनि नपुग्ने देखिएकोले तरल (लिक्विड) अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकारका पुगेको पनि उनले जानकारी दिए ।

दोस्रो लहर उचाइमा चढिरेहको बेला तरल (लिक्विड) अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास सह्रानीय एवं देशप्रति उत्तरदायी भावनायुक्त भएको पनि प्रधानमन्त्रीले बताए । यसका साथै प्रधानमन्त्रीले कोरोना महामारीबाट अविभावकविहीन भएका बालबालिकालाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारी दिए । अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको उनले बताए ।

आगामी दिनमा कोभिड १९ को महामारी हटिसकेपछि अक्सिजन प्लान्टबाट उत्पादन हुने अधिक मात्राको अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्नसक्ने बताउँदै उनले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने समेत बताए । अक्सिजन प्लाण्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापारघाटा घटाउन समेत सहज हुने भनाई पनि प्रधानमन्त्रीको थियो । छिमेकी देशका आवश्यकता र औद्योगिकीरणका लागि पनि अक्सिजनको खपत बढने समेत उनले बताए । रूपन्देहीको सिमरहवामा स्थापित यो प्लान्टबाट प्रतिदिन कुल ६० मेट्रिक टन उत्पादन हुन्छ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया