Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजस्व छली गर्ने प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङका सञ्चालकविरुद्ध मुद्दा दायर

राजस्व छली गर्ने प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङका सञ्चालकविरुद्ध मुद्दा दायर


काठमाडौं ।
राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । भन्सार चोरी पैठारी गरी राजस्व चुहावट कार्यमा संलग्न रहेको अभियोगमा विभागले प्रिज्म एग्रो कमोडिटिज काठमाडौँका सञ्चालक विज्ञानजंग राणा र वेदान्तजंग राणाविरुद्ध एक करोड दुई लाख ६० हजार बिगो, जरिबाना र कैद सजाय माग गर्दै सोमबार उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगञ्जमा मुद्दा दर्ता गरेको हो ।

विभागका अनुसार कम्पनीका सञ्चालकहरूले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गर्ने कार्यमा संलग्न रहेको देखिएको छ । उनीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (झ) बमोजिम कसुर गरी एक करोड दुई लाख साठी हजार राजस्व चुहावट गरेको विभागको भनाइ छ । विभागले सोही ऐनको दफा २३ को उपदफा (१) र २३(१)(ख) बमोजिम सजाय गर्न तथा दफा २३(४) बमोजिम बुझाउनुपर्ने राजस्व रकमको ब्याज समेत असुल गरी बरामद भएको मालवस्तु दफा ३३(१) बमोजिम जफत गर्न समेत माग गरेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया