Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रको ६६ प्रतिशत कर्जा घरजग्गा धितोमा

बैंकिङ क्षेत्रको ६६ प्रतिशत कर्जा घरजग्गा धितोमा


काठमाडौँ ।
बैैंकिङ क्षेत्रको निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको निक्षेप १४ दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७८ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२ दशमलव दुुई प्रतिशतले बढेको छ । २०७८ वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दशमलव दुई प्रतिशत, ३४ दशमलव तीन प्रतिशत र ४९ दशमलव चार प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो अंश क्रमशः आठ दशमलव छ प्रतिशत, ३२ दशमलव छ प्रतिशत र ४८ दशमलव छ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७८ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४० दशमलव ९४ प्रतिशत रहेको छ । २०७७ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव २५ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा २३ दशमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दशमलव एक प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २४ दशमलव आठ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २४ दशमलव एक प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५ तीन प्रतिशतले र फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह आठ दशमलव छ प्रतिशतले बढेको छ ।

२०७८ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५ दशमलव नौ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव चार प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७७ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५ दशमलव चार प्रतिशत र १३ दशमलव दुई प्रतिशत रहेको थियो ।

यसैगरी चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३८ दशमलव तीन प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७ दशमलव चार प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १५ दशमलव एक प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४ दशमलव छ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २२ दशमलव पाँच प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १७ दशमलव छ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४ दशमलव छ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २७ दशमलव सात प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा २० दशमलव आठ प्रतिशतले, रियल स्टेट कर्जा अर्थात् व्यक्तिगत आवासीय घर कर्जा ११ दशमलव चार प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७ दशमलव दुई प्रतिशतले र ट्रष्ट रिसिट अर्थात् आयात कर्जा ४६ दशमलव पाँच प्रतिशतले बढेको छ । यस अवधिमा हायर पर्चेज कर्जा भने पाँच दशमलव चार प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया