Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१० महिनामा चार खर्ब ६४ अर्ब ३४ करोडबराबरको भारू खरिद

१० महिनामा चार खर्ब ६४ अर्ब ३४ करोडबराबरको भारू खरिद


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा कुल तीन खर्ब तीन अर्ब २९ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । राष्ट्र बैैंकका अनुसार यस अवधिमा रिभर्स रिपोमार्फत एक खर्ब नौ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत एक खर्ब ९३ अर्ब ७५ करोड गरी कुल तीन खर्ब अर्ब २९ करोड तरलता प्रशोचन गरिएको हो । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत २८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब गरी कुल ५८ अर्ब तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ ।

चालू आवको पछिल्लो १० महिनाको अवधिमा रिपोमार्फत २५ अर्ब ६८ करोड र स्थायी तरलता सुविधामार्फत ७४ अर्ब ६९ करोड गरी कुल एक खर्ब ३७ करोड रुपैयाँ तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत एक खर्ब १५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत एक खर्ब ५८ करोड गरी कुल दुई खर्ब १६ अर्ब ४५ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ ।

चालू आवको पछिल्लो अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट अमेरिकी डलर तीन अर्ब दुई करोड खुद खरिद गरी तीन खर्ब ५६ अर्ब ९३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर तीन अर्ब खुद खरिद गरी तीन खर्ब ४६ अर्ब ६५ करोड तरलता प्रवाह गरिएको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा अमेरिकी डलर तीन अर्ब ९४ करोड बिक्री गरी चार खर्ब ६४ अर्ब ३४ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब १८ करोड बिक्री गरी तीन खर्ब ६४ अर्ब ७४ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैबीच राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७८ वैशाख मसान्तमा एक खर्ब २८ अर्ब ४४ करोड लगानीमा रहेको छ । यसबाहेक करिब २० अर्ब पुनर्कर्जा स्वीकृत भई लगानीको क्रममा रहेको छ । २०७८ बैशाख मसान्तसम्ममा ९५ हजार आठ सय छ जना ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई एक खर्ब ४९ अर्ब ७६ करोड कर्जा बक्यौता रहेको छ । राष्ट्र बैंकका अनुसार यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ४३ हजार नौ सय ९७ ऋणीलाई प्रवाह भएको एक खर्ब १० करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ४९ हजार चार सय ५० महिला उद्यमीलाई प्रवाह भएको ४६ अर्ब ४६ करोड कर्जा रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार तीन सय ५९ ऋणीको तीन अर्ब २० करोड कर्जा बक्यौता रहेको छ । राष्ट्र बैंकका अनुसार व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ वैशाख मसान्तसम्ममा ४८ करोड ६१ लाख स्वीकृत भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया