Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविपत्को दीर्घकालीन सुरक्षाका लागि सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण गरिनुपर्ने

विपत्को दीर्घकालीन सुरक्षाका लागि सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण गरिनुपर्ने


मेलम्ची ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपतबाट जनधनको दीर्घकालीन सुरक्षा गर्नका लागि सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण गरिनुपर्ने बताएका छन् । गत असार १ गते आएको भीषण बाढीबाट क्षतिग्रत भएको मेलम्ची क्षेत्रको शनिबार अवलोकन भ्रमणपश्चात् स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले अब पुरानै ठाउँमा बस्ती बसाउने कोसिस नगर्न आग्रह गरे ।

‘यही ठाउँमा त्यसैगरी उस्तै बस्ती, उही ठाउँमा बजार बसाउने कुरामा धेरै कोसिस नगरौँ । किनभने २/४ वर्ष कुनै पनि समय विनाश नआउँदासम्म त सुरक्षित हुन्छ । आएको बेलाचाहिँ फेरि त्यसले बर्बाद गर्छ’, उनले भने ।

बाढी पहिरोले खोला किनारका बस्तीहरू, बजारहरू, संरचनाहरू वा खेतीपातीलाई नै सँधै बिगार्ने बताउँदै उनले सुरक्षित बस्ती, सुरक्षित आवास र सुरक्षित ठाउँमा बाढी र पहिरोले केही गर्न नपाउने स्थानमा सार्ने र त्यो सुरक्षित स्थानमा भूकम्प प्रतिरोधक खालका संरचनाहरूको निर्माण गरेर मात्र सिन्धुपाल्चोकको जनताले सधैँ बेहोरिरहने कष्टलाई न्यून गर्न सकिने बताए । साथै उनले अहिले बगरको रूपमा परिणत भएको स्थानलाई भोलि वागबानी, बगैँचा, खेती, मत्स्य पालन आदि क्षेत्रहरूमा विकास गर्नसकिने उल्लेख गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया