Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थ मन्त्रालयका दुवै सचिव पद खाली हुँदै

अर्थ मन्त्रालयका दुवै सचिव पद खाली हुँदै

नयाँ बजेट नयाँ अनुहारले बनाउनुपर्ने


काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ मा अर्थ मन्त्रालयका दुवै सचिवले अनिवार्य अवकाश पाउने भएका छन् । दुवै सचिवले अवकाश पाउने भएको कारण आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट नयाँ सचिवहरुले तयार गर्नुपर्ने भएको छ ।

अर्थ मन्त्रालयका सचिवद्वय शिशिर कुमार ढुंगाना र रामशरण पुडासैनीले उमेर हदका कारण यसै वर्ष अनिवार्य अवकाश पाउनेछन् । राष्ट्रिय किताबखाना (निजामती) अनुसार अर्थको राजस्व सचिव पुडासैनीले यही साउन २४ गते र अर्थ सचिव ढुंगानाले आगामी माघ २० गते अनिवार्य अवकाश पाउनेछन् । उनीहरु दुवै जना लामो समयदेखि अर्थ मन्त्रालयमा कार्यरत कर्मचारी हुन् । सचिव पुडासैनीको अवकाशसँगै अर्थमा सचिवको रुपमा मधुकुमार मरासिनीको प्रवेश हुने अनुमान गरिएको छ । मरासिनी हाल महालेखा नियन्त्रक हुन् ।

अर्थका दुवै सचिवसहित चालू आवमा १२ जना सचिव अनिवार्य अवकाशमा परेका छन् । तीमध्ये सचिव हरि प्रसाद बस्याल आज साउन ६ गते अनिवार्य अवकाश लिँदै छन् । सचिव ऋषि राजभण्डारीले साउन १५ गते, मुकुन्द प्रसाद पौड्यालले साउन २६ गते, राजेन्द्र प्रसाद खनालले असोज ९ गते अनिवार्य अवकाश पाउँदै छन् । खनाललाई केपी ओली नेतृत्वको सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकले गत असार २८ गते सचिवमा बढुवा गरेको थियो ।

बढुवाका लागि खनाल दोस्रो नम्बरमा सिफारिसमा परे पनि चाँडै अवकाश पाउने भनेर पहिलो नम्बरमा सिफारिसमा परेका गोपाल प्रसाद सिग्देललाई बढुवा नगरी उनलाई गरिएको थियो । खनालले अवकाश पाएपछि मात्र सिग्देल सचिव बन्न पाउनेछन् । उनीहरु दुवै जना प्राविधिकतर्फका हुन् ।

सचिव केदार न्यौपाने असोज १२ गते, वगेन्द्र राज शर्मा पौडेल पुस १४ गते, राजन प्रसाद भट्टराई माघ ६ गते, देवेन्द्र कार्की २०७९ जेठ ४ गते, याम कुमारी खतिवडा जेठ १९ गते र महेन्द्र प्रसाद गुरागाईँ असार २१ गते अनिवार्य अवकाश लिँदै छन् ।

चालू आर्थिक वर्षमा सचिवको तुलनामा तीन गुणाभन्दा बढी सहसचिवले अनिवार्य अवकाश लिँदै छन् । किताबखानाका अनुसार १२ जना सचिवले अवकाश पाउँदा ४० जना सहसचिवले अनिवार्य अवकाश पाउनेछन् । चालू आवमा सचिव, सहसचिव, उपसचिव, अधिकृत, नायब सुब्बा, खरिदार, कार्यालय सहयोगी, चालकलगायत विभिन्न तहका दुई हजार तीन सय ८४ जना निजामतीतर्फका कर्मचारीले अनिवार्य अवकाश पाउनेछन् ।

४० जना सहसचिवमध्ये ईश्वर दाहालले यही साउन ४ गते सोमबार र तारा प्रसाद पोखरेलले ५ गते मंगलबार अवकाश पाइसकेका छन् भने सहसचिव दिलिप कुमार सडौलाले यही साउन १७ गते अनिवार्य अवकाश पाउनेछन् । त्यस्तै, सहसचिवहरु प्रकाश लम्साल साउन २७ गते, राम प्रसाद बिडारीले भदौ ४ गते, विमल कुमार निर्मलले भदौ १५ गते, देवी प्रसाद ज्ञवालीले असोज ८ गते, कृष्ण प्रसाद आचार्यले कात्तिक ९ गते, सुनिल खनालले कात्तिक १२ गते अनिवार्य अवकाश पाउँदै छन् ।

यस्तै, सहसचिवहरु सुरेन्द्र सुवेदीले कात्तिक २९ गते, जीवन प्रकाश सिटौलाले मंसिर १ गते श्याम किशोर सिंहले मंसिर ३ गते, सूर्य प्रसाद रिजालले मंसिर ८ गते, रमेश प्रसाद सिवाकोटीले मंसिर १० गते, शिव हरि कोइरालाले मंसिर २० गते, प्रदिप कुमार निरौलाले मंसिर २८ गते, बद्रिराज अर्यालले पुस १८ गते, सुनिल कुमार दासले माघ ३ गते र शंकर प्रसाद खरेलले माघ ४ गते अनिवार्य अवकाश लिँदै छन् ।

सहसचिव अच्युत प्रसाद सिवाकोटीले माघ ४ गते, भुवनहरि अर्यालले माघ ५ गते, तारा प्रसाद भट्टराईले माघ १६ गते, राजेन्द्र प्रसाद घिमिरेले माघ २२ गते, ठाकुर प्रसाद सिग्देलले माघ २९ गते, प्रल्हाद प्रसाद सापकोटाले फागुन ५ गते, जनकराज दाहालले फागुन ९ गते, तुलसी प्रसाद थपलियाले फागुन ११ गते, टेकराज निरौलाले फागुन १६ गते, भरत कुमार शर्माले चैत १ गते अनिवार्य अवकाश लिँदै छन् ।

सबै सचिवहरु उमेरहदका कारण अनिवार्य अवकाशमा नपरे पनि सहसचिवहरु भने अनिवार्य उमेरहदका कारण अवकाशमा परेका हुन् । २०७९ लागेपछि पहिलो दिन नै अनिवार्य अवकाश पाउनेमा उच्च तहका कर्मचारीमा सहसचिव डम्बर बहादुर थापा छन् । उनी २०७९ वैशाख १ गते अनिवार्य अवकाशमा परेका छन् ।

त्यस्तै, सहसचिव अर्जुन कुमार शर्मा वैशाख ८ गते, शिव हरि सापकोटा वैशाख १९ गते, विष्णुदत्त गौतम जेठ ४ गते, किसन लाल भट्ट जेठ १५ गते, पुष्कर राज पन्त जेठ २० गते, प्रकाश कुमार सुवेदी असार ५ गते, निरु दाहाल पाण्डे असार ६ गते, घनिन्द्र राज चिमौरिया असार १० गते, वासुदेव शर्मा असार १० गते र नूर मुहम्मद खाँ असार १८ गते अनिवार्य अवकाश लिँदै छन् ।

चालू आर्थिक वर्षमा कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ५८ वर्षबाट ६० वर्ष पु-याउने तयारी गरिए पनि त्यसमा सहमति हुन नसकेको कारण रोकिएको थियो । यदि त्यसरी उमेरहद बढाइएको भए चालू आवमा सचिव भएभन्दा पनि सहसचिवहरुले धेरै लाभ लिने थिए ।

कुन सचिवले कहिले अनिवार्य अवकास पाउँदैछन् ?
हरि प्रसाद बस्याल २०७८ साउन ६ गते
ऋषि राजभण्डारी २०७८ साउन १५ गते
रामशरण पुडासैनी २०७८ साउन २४ गते
मुकुन्द प्रसाद पौड्याल २०७८ साउन २६ गते
राजेन्द्र प्रसाद खनाल २०७८ असोज ९ गते
केदार न्यौपाने २०७८ साल असोज १२ गते
वेगेन्द्रराज शर्मा पौडेल २०७८ साल पुस १४ गते
राजन प्रसाद भट्टराई २०७८ साल माघ ६ गते
शिशिर कुमार ढुंगाना २०७८ साल माघ २० गते
देवेन्द्र कार्की २०७९ साल जेठ ४ गते
याम कुमारी खतिवडा २०७९ साल जेठ १९ गते
महेन्द्र प्रसाद गरागाइँ २०७९ साल असार २१ गते


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया