Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्याम मोहनको घरमा विदेशीसँग माधव नेपालको गोप्य भेटवार्ता

श्याम मोहनको घरमा विदेशीसँग माधव नेपालको गोप्य भेटवार्ता


काठमाडौं । प्रसिद्ध पर्यटन व्यवसायी श्याम मोहनको निवासमा भारतीय दूतावास र फ्रेन्च दूतावासका अधिकारीहरूसँग नेकपा एमालेका विद्रोही नेता माधव नेपालले लामो गोप्य भेटवार्ता गरेको थाहा भएको छ ।

उनीहरूबीच लुतो फाल्ने समयमा साउने संक्रान्तिको दिन अपराह्न झण्डै ५ घण्टा गोप्य भेटवार्ता भएको हो । लामो समयसम्म एयर फ्रान्सको नेपालको जीएसए लिएका श्रेष्ठ फ्रान्स सरकारले प्रदान गर्ने उच्च पदकबाट केही समय अघिमात्र सुशोभित हुने सौभाग्य पाएका पहिलो नेपाली नागरिक हुन् ।

साउने संक्रान्तिको दिन उनले आफ्नो निवास बूढानीलकण्ठमा फ्रेन्स एम्बेसडर फान्कोइस जाभियर लिगर र भारतीय गुप्तचर संस्था रअको नेपालका प्रमुख राघव प्रसाद भट्नागरलाई बोलाएर एमालेका विद्रोही नेता नेपालसँग गोप्य भेटवार्ता गराएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया