Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१९ लघुुवित्त वित्तीय संस्था गाभिने प्रक्रियामा

१९ लघुुवित्त वित्तीय संस्था गाभिने प्रक्रियामा


सुरेश राउत
काठमाडौं, माघ १२
सञ्चालनमा रहेका ८९ लघुुवित्त वित्तीय संस्थाहरुमध्ये १९ संस्थाहरु मर्जर अर्थात् गाभिने प्रक्रियामा रहेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यही पुुस मसान्तसम्ममा उक्त संख्यामा संस्थाहरु मर्जरको प्रक्रियामा गएका हुुन् । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुुसार १९ वटा लघुवित्त संस्थाहरु मर्ज भएर नौवटा बन्नलागेका हुन् । मर्जरमा जान लागेका ती संस्थामध्ये आठवटा संंस्थाहरुले भने राष्ट्र बैंकबाट एकीकृत कारोबारको लागि सैद्धान्तिक सहमति पाइसकेको प्रवक्ता भट्टले जानकारी दिए ।

तीमध्ये धौलागिरि लघुुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्था मर्ज भएर धौलागिरि आँधिखोला लघुुवित्त वित्तीय संस्थाको नाउँमा एकीकृत कारोबार सञ्चालन गर्नेछन् । यी दुुवै संस्थाहरुले मर्जरको लागि यही पुुस १४ गते राष्ट्र बैंकमा आवेदन दिएका हुुन् । मिर्मिरे लघुवित्त वित्तीय संस्था र स्वेडा लघुुवित्त वित्तीय संस्थाले पनि यही पुुस २८ गते मर्जरको लागि आवेदन दिएको प्रवक्ता भट्टले बताए । नेस्डो समृद्धि लघुुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुुवित्त वित्तीय संंस्थाले पनि नेस्डो समृद्धि लघुुवित्त वित्तीय संस्थाको नाउँमा एकीकृत कारोबार सञ्चालनको लागि राष्ट्र बैंकसमक्ष आवेदन दिएका छन् ।

यसैगरी जीवन विकास लघुुवित्त वित्तीय संस्था, सल्भ लघुुवित्त वित्तीय संस्था र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थाले पनि जीवन विकास लघुुवित्त वित्तीय संस्थाको नाउँमा एकीकृत कारोबार सञ्चालनको लागि अनुुमति माग गर्दै राष्ट्र बैंकसमक्ष आवेदन दिएका छन् । मनकामना लघुुवित्त वित्तीय संस्था र स्मार्ट लघुुवित्त वित्तीय संंंस्थाले पनि मनकामना स्मार्ट लघुुवित्त वित्तीय संस्थाको नाउँमा एकीकृत कारोबार गर्नको लागि अनुुमति मागेका छन् । उक्त संस्थाहरुलाई राष्ट्र बैंकले गत कात्तिक २२ गते सैद्धान्तिक सहमति दिइसकेको छ ।

उन्नति लघुुवित्त वित्तीय संस्था र सहकार्य लघुुवित्त वित्तीय संस्थाले पनि उन्नति सहकार्य लघुुवित्त वित्तीय संस्थाको नाउँमा एकीकृत कारोबार सञ्चालन गर्नको लागि अनुमति माग गरेका छन् । यीबाहेक सूर्योदय लघुुवित्त वित्तीय संस्था र त्रिलोक लघुुवित्तले सूर्योदय लघुुवित्त वित्तीय संस्थाको नाउँमा र चौतारी लघुुवित्त वित्तीय संस्था र आरम्भ लघुुवित्त वित्तीय संस्थाले पनि आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्थाको नाउँमा एकीकृत कारोबार सञ्चालन गर्नको लागि अनुुमति माग गरेको प्रवक्ता भट्टले बताए ।

‘मर्जरको प्रक्रियामा गइसकेका यी सबै संस्थाहरुले छिट्टै एकीकृत कारोबार सञ्चालन गर्ने थप लघुुवित्त वित्तीय संस्थाहरु पनि मर्जर तथा प्राप्तिको प्रक्रियामा सामेल हुुनेछन्’, उनले भने । मर्जरको प्रकृयामा रहेका १९ वटा संस्थाहरुमध्ये महुुली लघुुवित्त र नवकिरण लघुुवित्तले भने पछिल्लोपटक मर्जरको लागि सम्झौता गरेका हुुुन् ।

४० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री खुल्ला :- नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गरेको छ । राष्ट्र बैंकका अनुुसार यही माघ १० गतेबाट पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र २०८१ (पाँच वर्षे)को बिक्री खुल्ला गरिएको हो ।

बिक्री खुल्ला हुने अवधि यही माघ १० गतेदेखि २०७६ चैत गतेसम्म तोकिएको बचतपत्रको निष्काशन मिति भने २०७६ माघ २७ गते, फागुुन २८ गते र चैत २७ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार सावाँ भुक्तानी मिति वि.सं. २०८१ माघ २७, फागुुन २८ र चैत २७ तोकिएको छ । वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी प्रत्येक ६/६ महिनामा हुुनेछ । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरुले बचतपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् ।

खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुुसार खरिद गरिएको बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन समेत सकिनेछ ।
बचतपत्र खरिदको लागि सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभुु बैंक, सिटी एक्सप्रेस, प्रभुु मनी ट्रान्सफरसहितका ११ वटा संस्थाहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया