Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेका गलत र भ्रामक सामग्रीप्रति एमसीए–नेपालको गम्भीर आपत्ति

सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेका गलत र भ्रामक सामग्रीप्रति एमसीए–नेपालको गम्भीर आपत्ति


काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)का सम्बन्धमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेकोप्रति एमसीए–नेपालको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

भदौ २३ गते ट्वीटर सामाजिक सञ्जालमार्फत एमसीए–नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको नक्कली तवरको हस्ताक्षर प्रयोग गरी सामग्री सम्प्रेषण गरिएको एमसीए नेपालको भनाइ रहेको छ । उक्त सामग्रीमा एमसीए–नेपाल, एमसीसी र अमेरिकी राजदूतावासका अधिकारीहरूबीच भएको भर्चुअल बैठकमा कम्प्याक्ट अनुमोदनको पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको कपोलकल्पित कुरा उल्लेख गरिएको थियो । सोही सामग्रीमा केही अखबार तथा टीभीलाई परिचालन गरिनुपर्ने झुठो दाबी र नेपाल सरकार, एमसीए–नेपाल र एमसीसीको छापको पनि दुरूपयोग गरिएको एमसीए नेपालले जनाएको छ ।

‘नेपाल सरकारद्वारा गरिएका केही प्रश्नको उत्तर एमसीसी प्रधान कार्यालयबाट उपलब्ध हुनु अघिल्लो दिन उक्त जाली कागजात सामाजिक सञ्जालमा देखापर्न थालेको थियो । नक्कली कागजातप्रति एमसीए–नेपालले आफ्नो सामाजिक सञ्जालमार्फत खण्डन प्रस्तुत गरिसक्दा पनि उक्त भ्रामक सामग्री सामाजिक सञ्जालबाट अद्यावधि सम्प्रेषण भइरहेको पाइएको छ ।

तसर्थ उक्त सामग्रीमा उल्लेख गरिएका विषय तथा निर्णयका रूपमा सम्पूर्ण सूचनाहरू कपोकल्पित भएको र उल्लेख गरिएको जस्तो सञ्चारगृह एवं व्यक्तिसँग कुनै कार्य नभएको’, एमसीए–नेपाल सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी उक्त सन्देशमा संलग्न गरिएको जस्तो लेटरहेड एमसीए–नेपालले कहिल्यै प्रयोग गरेको छैन र दस्ताबेजमा प्रयोग गरिएको कार्यकारी निर्देशक श्री खड्गबहादुर विष्टको हस्ताक्षर पनि डिजिटल प्रविधिबाट नक्कल उतार गरिएको हस्ताक्षर भएको हुनाले उक्त असत्य सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही अगाडि बढाउनका लागि एमसीए–नेपालले पहल गरिसकेको र नेपाल प्रहरीको साइबर ब्यूरोसँग पत्राचार भइसकेको छ  । ’

एमसीए–नेपालले सामाजिक सञ्जालको दुरूपयोग गरी जनसाधारणबीच भ्रम फैलाउने खालका असत्य जानकारी सम्प्रेषण गर्ने प्रवृत्तिप्रति गम्भीर भत्र्सना व्यक्त गरेको छ तथा नागरिकलाई समेत यस्ता क्रियाकलापमा सचेत रहन आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया