Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्राफिक प्रहरीद्वारा हराएका २४ वटा मोटरसाइकल धनीलाई जिम्मा

ट्राफिक प्रहरीद्वारा हराएका २४ वटा मोटरसाइकल धनीलाई जिम्मा


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानहरूबाट हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाइकल र चारवटा स्कुटर रहेका छन् ।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरू बरामद गरिएको, चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाएको र अन्य मोटरसाइकलहरू सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको बताए । उनले सवारीसाधनको चोरी न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको र सम्बन्धित धनीहरूले समेत सुरक्षाका उपाय र सजक रहनुपर्ने बताए ।

रोहन शर्मा, प्रदिप लामा, नारायण गिरी, सन्देश पुन मगर, मिनबहादुर लामा, भरतकुमार पोखरेल, कृष्णहरि विष्ट, राजु श्रेष्ठ, सुरेश लामिछाने, निरन पाण्डे, लिलाबहादुर आले, हरिभक्त शाही, भाइराजा कार्की, सुसिला सिलवाल, सन्देश आचार्य, शुक्रजंग पाण्डे, मिलनकुमार जोशी, राजिभ अर्याल, राजेन्द्र केसी, किर्पा घले, अनिल पौडेल, भैरव परियार, बाजेन्द्र थापा र फुर्वा नाम्गेल शेर्पाको हराएका मोटरसाइकलहरू महाशाखाको पीडित सहायता एकाइबाट खटिएको ट्राफिक प्रहरी टोलीले खोजतलास एवं पक्राउ गरी सम्बन्धित धनीलाई बुझाएको हो ।

चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ : यस्तै ट्राफिक प्रहरीले काठमाडौँस्थित थलीबाट चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरी गरी लगिरहेको अवस्थामा बागमती प्रदेश०२–०१५प ६१७२ नम्बरको २२० सीसीको कालो निलो पल्सरसहित सिन्धुपाल्चोक पाँचपोखरी थामपालका विजय धिताललाई कागेश्वरी–मनहरा वडा नं ५ स्थित थलीबाट नियन्त्रणमा लिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भट्टराईले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया