Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजी२० सदस्यराष्ट्रमा दुई वर्षसम्म उच्च महंगी

जी२० सदस्यराष्ट्रमा दुई वर्षसम्म उच्च महंगी


लन्डन । जी२० सदस्यराष्ट्रमा मूल्यवृद्धि कम्तीमा दुई वर्ष उच्च हुने देखिएको छ । द अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)ले गरेको एक अध्ययनले यस्तो देखाएको हो । वस्तुहरुको उच्च मूल्य र शिपिङ खर्चले महंगी बढाइरहेको पेरिसस्थित उक्त संस्थाले जनाएको छ । यसअनुसार सन् २०२२ को अन्त्यसम्म बेलायतको महंगी दर तीन प्रतिशत रहने देखिएको छ । यो भनेको उन्नत अर्थतन्त्रमध्ये सबैभन्दा उच्च दर होा । तर यता अमेरिका, फ्रान्स र जर्मनीमा भने महंगी दर घट्ने देखिएको छ ।

कच्चा पदार्थको उच्च लागत, कसिलो वस्तु आपूर्ति, उच्च मागलगायतले महंगी बढेको बताइएको छ । अर्थतन्त्रहरु महामारीबाट तंग्रिनथालेपछि वस्तुहरुको माग बढेको छ । एकैचोटि माग बढ्दा आपूर्ति प्रणालीमा समस्या देखिएको र यसले महंगीलाई प्रश्रय मिलेको बताइएको छ । आपूर्ति धान्न नसक्दा लामो समयसम्म उच्च महंगी छाउन सक्ने ओईसीडीले जनाएको छ ।उक्त संस्थाका अनुसार जी२० राष्ट्रको महंगी दर सन् २०२१ को अन्त्यदेखि ४.५ प्रतिशतबाट सन् २०२२ को अन्त्यसम्म ३.५ प्रतिशतसम्ममा झर्न सक्नेछ । यद्यपि यो आकलनमा अझै अनिश्चितता रहेको ओईसीडीको भनाइ छ ।


क्याटेगोरी : विश्व बजार, समाचार

तपाईको प्रतिक्रिया