Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपुुन २८ सय अंकमा उक्लियो सेयर बजार

पुुन २८ सय अंकमा उक्लियो सेयर बजार


काठमाडौँ ।सेयर बजार परिसुचक पुन २८ सय अंकबाट माथि चढेको छ । यसअघि लगातार ओरालो लागेर २७ सय अंकमा झरेको सेयर बजार परिसुचक साताको चौथोे कारोवार दिन आज बुुधबार एक सय चार दसमलव ८८ अंकले उकालो लागेर २८ सय १६ दसमलव ९५ बिन्दुमा चढेको हो ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १९ दसमलव ४७ अंकले उकालो लागेर पाँच सय २८ दसमलव १० बिन्दुुमा चढेको छ । आज १३ वटा उपसमुह अन्र्तगत दुुई सय १७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएकाछन ।

जसअन्र्तगत ७२ हजार सात सय १४ पटकको कारोवारमा एक करोड २१ लाख २२ हजार दुई सय ९८ कित्ता सेयर किनबेच भएकाछन । उक्त किनबेचका आधारमा यसदिन कुुल सेयर कारोवार रकम छ अर्ब १७ करोड ९३ लाख एक सय ५८ रुपैयाँ पुगेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये १३ वटै उपसमुहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया