Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाधव नेपाललाई यतीको चिन्ता

माधव नेपाललाई यतीको चिन्ता


काठमाडौं ।एमालेबाट निस्किएर नेकपा एकीकृत समाजवादी गठन गरेर सरकारमा सहभागी भएका माधव नेपाललाई यति एयरलाइन्स घाटामा रहेकोमा किन चिन्ता लाग्यो भन्ने कुराको चुरो यती एयरलाइन्सलाई पनि अन्तर्राष्ट्रिय उडान अनुमति दिएपछि खुलेको छ ।

नेकपा समाजवादीका प्रेम आलेले सम्हालेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन प्राधिकरणले बिहीबार यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) प्रदान गरेको हो । अनुमति पाएसँगै यतीले अब दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा ननसेड्युल र चार्टर्ड उडान सञ्चालन गर्न पाउने भएको छ । यसअघि नेपाल वायुसेवा निगम, बुद्ध एयर, हिमालय एयरलाइन्स र श्री एयरलाइन्सले एओसी पाएका छन् ।

तर एउटै लगानीकर्ताको दुईवटा एयरलाइन्सले नेपालमा एओसी पाएको चाहिँ यो नै पहिलो हो । यती र हिमालय एयरलाइन्सका सञ्चालक स्व. आङछिरिङ शेर्पा हुन् । उनको निधनपछि यी दुवै एयरलाइन्स उनका दाइ सोनाम छिरिङ शेर्पाले सम्हाल्दै आएका छन् । उनी नेकपा एमालेका संगठित सदस्य पनि हुन् । एमालेको संगठित सदस्य भए पनि सोनाम शेर्पाले आफ्नो स्वार्थको लागि एमालेबाट फुटेर समाजवादी पाटी गठन गरेका नेपाललाई समेत प्रभावमा पार्न सफल भएका छन् जसले गर्दा यती एयरलाइन्सको व्यापार घाटामा नेपालले चिन्ता लिने गरेका छन् ।

यसअघि नेकपा अध्यक्ष केपी ओलीले नेकपाको सरकार सञ्चालन गर्दा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई पाखा पारेर हिमालय एयरलाइन्सलाई प्राथमिकता दिएका थिए तर ओली सरकारको पतन र एमाले विभाजनपछि माधव नेपालले यति एयरलाइन्सको घाटाप्रति किन चिन्ता जाहेर गरेका रहेछन् भन्नेचाहिँ उनकै कोटामा परेको पर्यटन मन्त्रालयले यतीलाई अन्तर्राष्ट्रिय उडानको एओसी दिएपछि खुलेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया