Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछ महिनामा पर्यटकबाट झण्डै पाँच करोड राजस्व संकलन

छ महिनामा पर्यटकबाट झण्डै पाँच करोड राजस्व संकलन


महेन्द्र शाही
सोलुखुम्बु, माघ १७
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २४ हजार बढी विदेशी पर्यटकले खुम्बुको भ्रमण गरेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा २४ हजार सात सय ५२ जना विदेशी पर्यटक खुम्बु भित्रिएको खुम्बु पासङल्हामु गाउँपालिका ३ स्थित टोकटोक चेकपोष्टले जनाएको छ । ६ महिनाको अवधिमा आएका पर्यटकबाट चार करोड ९४ लाख ५२ हजार रूपैयाँ राजस्व सकंलन भएको छ ।

चेकपोष्टका कर्मचारी ङवाङ शेर्पाका अनुसार साउनमा पाँच सय ५४ जना, भदौमा एक हजार तीन सय सात जना र असोजमा सात हजार पाँच सय ३१ जनाले भ्रमण गरेका छन् । त्यसैगरी कात्तिक महिनामा नौ हजार आठ सय ९० जना पर्यटक भित्रिएका छन् । मंसिरमा तीन हजार आठ सय ८७ जना र पुसमा एक हजार सात सय ७७ जना विदेशीले खुम्बु क्षेत्रको भ्रमण गरेको गाउँपालिकाको तथ्याकंमा उल्लेख छ ।

मुख्य सिजन भएकाले कात्तिक महिनामा सबैभन्दा बढी नौ हजार आठ सय ९० जनाले भ्रमण गरेका छन् । खुम्बु भ्रमण गर्ने पर्यटकमध्ये धेरैजसो अष्ट्रेलियन र अमेरिकन नागरिक रहेका छन् भने सबैभन्दा कम साइप्रसका नागरिक रहेको चेकपोष्टका कर्मचारी शेर्पाले बताए । खुम्बु पासङल्हमु गाउँपालिकाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा पर्यटन प्रवेश शुल्कबाट भण्डै छ करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।

गाउँपालिकाले वडा नम्बर ३ टोकटोक र वडा नम्बर २ लुक्लामा खडा गरेको चेकपोष्टबाट साउनदेखि पुस मसान्तसम्म चार करोड ९४ लाख ५२ हजार रूपैयाँ सकंलन गर्न सफल भएको गाउँपालिकाको कार्यालय नाचिपाङ सोलुखुम्बुले जनाएको छ । उक्त रकम गाउँपालिकाको बंैक खातामा जम्मा भएकोे छ । पालिकाले दुई स्थानमा राखेको राजस्व सङ्कलन केन्द्रबाट प्रतिपर्यटक दुई हजार रूपैयाँका दरले प्रवेश शुल्क लिँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया