Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबहालवाला सञ्चालक पौडेलद्वारा नै कोषको सीईओको पदमा निवेदन

बहालवाला सञ्चालक पौडेलद्वारा नै कोषको सीईओको पदमा निवेदन


काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्तिका लागि कोषकै बहालवाला सञ्चालक उपेन्द्र कुमार पौैडेल र निवर्तमान सीईओसहित १३ जनाले दरखास्त हालेका छन् ।

कोषको सीईओ पदमा आवेदन गर्ने १३ जनामा निर्वतमान सीईओ विष्णुबावु मिश्र, यम प्रसाद तिवारी, वासुदेव दाहाल, दिल बहादुर काफ्ले, कृषि विकास बैंकमा कार्यरत डा. सुरेश टण्डन, रमा नेपाल, गोविन्द प्रसाद दाहाल, कोषकै सञ्चालक उपेन्द्र प्रसाद पौडेल, धरणीधर अधिकारी, मेघेन्द्र प्रकाश गिरी, प्रदिप भट्टराई, मुक्तिबहादुर खत्री र एनसेलमा कार्यरत रमेश घिमिरे रहेका छन् ।

कोषको रिक्त रहेको सीईओ पदका लागि गरिएको दरखास्त आह्वानको बुधबार म्याद सकिएको छ । चार वर्षका लागि कोषको सञ्चालक नियुक्त भएका पौडेलको कार्यकाल अझै एक वर्ष बाँकी छ । उनले कोषको सञ्चालक हुँदाहुँदै त्यसबाट राजीनामा नै नदिई आफैँ सञ्चालक रहेको कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि दरखास्त हालेर चर्चाको पात्र बनेका छन् ।

कोषको रिक्त रहेको सीईओको लागि अर्थ मन्त्रालयले राजस्व सचिव कृष्णहरि पुस्करको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ र उनी नै कोषको सञ्चालक समितिको अध्यक्ष पनि हुन् । पुस्करको समितिले नै सीईओ पदमा दरखास्त हाल्ने उम्मेदवारको उमेरहद बढाएको थियो ।

अहिले उनले आफ्नै नेतृत्वको सञ्चालक समितिमा सदस्यलाई नै नियुक्त दिलाउन उक्त उमेर हद बढाएको हो कि भन्ने आशंका पनि उब्जाएको छ । यसअघि डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा सञ्चालक बनेका पौडेल त्यतिबेला नै तत्कालीन सीईओ विष्णुबाबु मिश्रलाई हटाएर सीईओ बन्न कम्मर कसेर लागेका थिए । तर उनी सफल हुन सकेनन् । तर अहिले उनी आफैँ सञ्चालक रहेको समितिको अध्यक्ष समेत रहेको सिफारिस समितिका संयोजक पुस्करलाई प्रभावमा पारेर उम्मेदवारको उमेर हद बढाई विभागीय स्वीकृति समेत नलिई दरखास्त हालेर नैतिक मूल्य र मान्यतालाई समेत चुनौती दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया