Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमधेशी सहिद प्रतिष्ठान गठन

मधेशी सहिद प्रतिष्ठान गठन


जनकपुर । प्रदेश २ सरकारले मधेशी सहिद प्रतिष्ठान गठन गरेको छ । मधेश आन्दोलन, जनयुद्ध र जनआन्दोलन लगायतमा सहिद भएकाका परिवार तथा घाइतेहरूको हकहितको लागि सरकारले मधेशी सहिद प्रतिष्ठान गठन गरेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा दुई जना मधेश आन्दोलन र जनयुद्धका दुई दुई जना सहिद परिवारका सदस्य गरी चार जनालाई नियुक्त गरेको छ । मधेश आन्दोलनका सहिद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पी कुमारी साहलाई नियुक्त गरेको छ । यस्तै, जनयुद्धका सहिद परिवारबाट सप्तरीकी कविता कुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाललाई नियुक्त गरिएको हो ।

मधेशी सहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, सहिद तथा घाइते परिवारबाट चारजना सदस्य र मुख्यमन्त्री कार्यालयलगायत छ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । चार जना सहिद परिवारबाट सदस्य नियुक्त भएकाहरूलाई बिहीबार एक कार्यक्रमबीच प्रतिष्ठानका अध्यक्ष समेत रहेका आन्तरिक मामिलामन्त्री भरतप्रसाद साहले प्रमाणपत्र प्रदान गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया