Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ

स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ


काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका वडा नं. १ स्थित दरबारमार्ग क्षेत्रमा स्रोत नखुलेको रकम लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्ग, काठमाडौँ र महानगरीय प्रहरी परिसर, काठमाडौँको संयुक्तरुपमा विशेष प्रहरी टोली परिचालन गरी यही मंसिर १७ गते अन्दाजी १७ः३० बजेको समयमा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलमा गई चेकजाँच गर्दा स्रोत नखुलेको रकम ६९ लाख ५० हजार फेला परेको हुँदा बरामदी मुचुल्का समेत गरी सोधपुछ गर्दा स्रोत खुलाउन नसकेकोले म्यानेजर हिरोसी खनालसहित ६९ लाख ५० मात्र नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर काठमाडौँ ल्याई अनुसन्धान गरी थप अनुसन्धान तथा कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको छ ।

पक्राउ परेका खनालका साथबाट नेपाली रुपैयाँ एक हजार दरका एक सयवटा भएको ४९ बण्डलको जम्मा ४९ लाख र नेपाली पाँच सय दरको एक सय वटा भएको ४१ बण्डलको जम्मा २० लाख ५० हजार रुपैयाँ र बिइङ ह्युमन लेखिएको नीलो रंगको हातेझोला एक थान बरामद भएको परिसरले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया