Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुपारी निकासीमा भारतीय रोक !

सुपारी निकासीमा भारतीय रोक !


विराटनगर । तत्कालीन ओली सरकारले सुपारीको कोटा वितरण गरी नेपाल भित्र्याइएको करिब २५ हजार मेट्रिकटन सुपारी निकासी हुन नसकेको पाइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिमाणात्मक बन्देजसहित सुपारीको आयात खुलाउने भन्दै गत वर्षको वैशाखमा नै २५ हजार मेट्रिकटन सुपारी आयातका लागि अनुमति पाएर भित्रिएको सुपारी भारत निकासी नखुलेपछि त्यसै थन्किएको बसेको हो । तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र सुपारी व्यवसायीबीच भएको सहमतिपछि ओली सरकारले सुपारी आयातको कोटा वितरण गरेको थियो । त्यसबेला कोटा वितरणमा समेत व्यापक भेदभाव र आर्थिक चलखेल भएको भन्दै कोटा वितरण प्रणाली विवादित बनेको थियो । एक व्यवसायीका अनुसार गत फागुन २५ गते नै ओली सरकारले परिमाणात्मक बन्देजसहित आयात खुलाउने निर्णय गरेर आफ्ना आसेपासे र नजिकका व्यवसायीलाई फाइदा पुग्ने गरी कोटा प्रणाली खुलाएर सुपारी आयातको अनुमति दिएको थियो ।

सुपारी व्यवसायीमध्ये झापा जिल्लाका सुपारीडन भनी कहलिएका सुपारी व्यवसायी दिपक पोखरेल र मोरङको विराटनगरका सुपारी व्यवसयी दिनेश राठीले २५ हजार मेट्रिकटन सुपारी आयातको कोटा पाएका थिए । उनीहरुले ठूलो सेटिङ गरेर नेपाल ल्याइएको सुपारी अहिले भारत निकासीमा समस्या आएपछि सुपारी व्यवसायीको रोइलो सुरु भएको छ ।

एक सुपारी व्यवसायीका अनुसार ओली सरकारले गत चैत ९ गते आयात खुलाइएको सूचना निकालेर त्यसको भोलिपल्टै अर्थात् चैत १० गते नै सुपारी व्यवसायी दिपक पोखरेल र दिनेश राठीलाई सुपारीको कोटा वितरण गरेका थिए । सेटिङअनुसार नै त्यसबेला सुपारीको कोटा वितरण गर्ने अख्तियारी पाएको वाणिज्य विभागले चैत १६ गते ८५ निवेदनबाट दुई लाख २७ हजार दुई सय ७० मेट्रिकटन (मेट) सुपारी आयातको माग भएको भन्दै कागजात पु-याउन सूचना निकालेर त्यसभन्दा पहिले नै पोखरेल र राठीलाई सुपारी आयातको अनुमति दिइसकेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया