Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता

पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता


काठमाडौं । सरकारले पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट नेपाल–भारतमैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिएको जानकारी दिएका छन् ।

छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेको उनले बताए । अब धर्मशाला बतास समूहले सञ्चालन नगर्ने उनको भनाइ छ । पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीका संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको जनाउँदै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो । कोष र बतास समूहअन्तर्गतको होटेल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो । कोषले निर्माण गरेको संरचनामा बतास समूहले महँगो मूल्य लिँदै होटेलका रूपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको थियो ।

उक्त आरोपपछि मन्त्री आलेले उक्त धर्मशालाको अनुगमन समेत गरेका थिए । अनुगमनका क्रममा धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम शय्याको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरू राखेको, कोषको स्वीकृतिविना धर्मशालामा विभिन्न संरचनाहरू निर्माण गर्नेजस्ता कार्य गरेको पाइएको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया