सेञ्चुरी कमर्सियल बैंकमा डरलाग्दो सेटिङ
बैंकलाई धराशायी बनाउने गरी अध्यक्ष श्रेष्ठद्वारा कारोबार लुकाउन आफन्तको नाउँमा कम्पनी खडा
काठमाडौं । आफूलाई सबैभन्दा कान्छो कमर्सियल बैंक भएको बताउने गरेको सेञ्चुरी कमर्सियल बैंकमा बैंकको स्रोतसाधनको दोहन गर्न सञ्चालकहरुले नै डरलाग्दो ‘सेटिङ’ गरेको रहस्य सार्वजनिक भएको छ । बैंकका अध्यक्ष राजेश श्रेष्ठले रेमिट्यान्स कारोबारमा प्राप्त हुने नियमित आम्दानी लुकाउनको आफू र आफन्तको नाउँमा कम्पनी खडा गरेको र उक्त कम्पनीको कारोबार सेञ्चुरी बैंकमार्फत हुने गरेको भए पनि आम्दानी भने आफ्नो छुट्टै कम्पनीमा पठाउन ‘सेटिङ’ गरेका हुन् ।
स्रोतका अनुसार बैंकमा अध्यक्ष राजेश श्रेष्ठ, सञ्चालक रण बहादुर श्रेष्ठ र बैंकका बजार प्रमुख रमेश कुमार श्रेष्ठको श्रीमती नबिना श्रेष्ठ र बैंकका तत्काली प्रमुख कार्यकारी अधिकृत जीवन कुमार भट्टराईको श्रीमतीको नाउँमा राम्रो रेमिट कम्पनी खोलिएको छ । जसमध्ये रमेश कुमार श्रेष्ठ सेञ्चुरी बैंककै सहायक कम्पनी सेञ्चुरी क्यापिटलमा प्रमुख कार्यकारी रहेका छन् भने भट्टराई क्यानडामा बस्दै आएका छन् । सेञ्चुरी बैंकमा कार्यरत रहेकै अवस्थामा राम्रो रेमिट खोलिएको थियो । जसको प्रमुख उद्देश्य रेमिट्यान्स कारोबारबाट आएको रकम लुकाएर बैंकका सञ्चालक तथा व्यवस्थापन प्रमुखहरुलाई बाँड्नु र हुण्डीको कारोबार गर्नु रहेको दाबी स्रोतले गरेको छ ।
स्रोतका अनुसार रमेश कुमार श्रेष्ठ नाताले बैंकका अध्यक्ष राजेश श्रेष्ठका ज्वाइँ हुन् । सोही आधारमा अध्यक्ष श्रेष्ठले सेटिङमा आफन्त र व्यावसायिक साझेदारको नाउँमा राम्रो रेमिट खोलेका हुन् । राम्रो रेमिट यीबाहेक झण्डै अन्य ३० जनाको सेयर लगानी रहेको भए पनि कम्पनीमा हालीमुहाली भने श्रेष्ठद्वय र भट्टराईकै रहने गरेको छ ।
स्रोतका अनुसार सेञ्चुरी कमर्सियल बैंकले अध्यक्ष श्रेष्ठकै निर्देशनमा रेमिट्यान्स कारोबारको लागि विदेशी कम्पनीहरुसँग सम्झौता गर्ने गरेको छ । सम्झौताअनुसार केही समय उक्त विदेशी कम्पनीसँग नियमित कारोबार गर्ने गरेको देखिएको छ । त्यसपछि भने अध्यक्ष श्रेष्ठले रेमिट्यान्स कारोबारको लागि हङकङमा दर्ता रहेको ग्यालेक्सी नेटवर्ट लिमिटेड नामक कम्पनी चिनाउने र त्यो कम्पनी पनि आफूहरुकै भएको भन्दै उक्त कम्पनीमार्फत रेमिट्यान्स कारोबार गर्ने गरेका थिए । ग्यालेक्सी नेटवर्क अध्यक्ष श्रेष्ठकै व्यावसायिक साझेदार राम प्रसाद ज्ञवाली, कृष्ण प्रसाद ज्ञवाली आदिको नाउँमा हङकङमा दर्ता भएको कम्पनी हो । उक्त कम्पनीमार्फत हङकङबाट रेमिट्यान्समार्फत संकलन गरेको रकम उतै राख्ने त्यसको भुक्तानी अध्यक्ष श्रेष्ठकै निर्देशनमा यता बैंक र राम्रो रेमिटमार्फत हुने गरेको थियो । राम्रो रेमिट डोमेस्टिक कारोबार मात्र हुने कम्पनी हो ।
यता ग्यालेक्सी लिमिटेडकै सञ्चालकहरुले सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठ समेतको मिलेमतोमा कारोबार लुकाएर गैरकानुनीरुपमा कार्य गर्न अधिकृत पुँजी ५० लाख र जारी पुँजी २५ लाख रुपैयाँ राखेर एड्भान्स मनी ट्रान्सफर कम्पनी पनि खुलेको देखिएको छ । यो कम्पनीको सञ्चालक भने कृष्ण प्रसाद ज्ञवाली र गोविन्द प्रसाद शर्मा हुन् ।
यसरी सेञ्चुुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, रण बहादुर श्रेष्ठ, जीवन भट्टराईसहितका व्यक्तिहरुले बैंकको स्रोतसाधनको चरम दोहन गर्न र बैंकको नियमित आम्दानी लुकाएर बैंकलाई कमजोर बनाउन सेञ्चुरी रेमिट मनी ट्रान्सफर, राम्रो रेमिट, ग्यालेक्सी नेटवर्क लिमिटेड र एडभान्स मनी ट्रान्सफर आदिसँग गलतरुपमा कारोबार गर्ने गरेको देखिएको दाबी पनि स्रोतले गरेको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया