अवैध ५० लाख प्रकरणमा मुछिएका पोखरेललाई क्लिन चिट दिने राजस्वको तयारी
विराटनगर । गत पुस महिनाको अन्तिम सातामा सौर्य एयरलाइन्सबाट फेला परेको अवैध ५० लाख रकम आफ्नो भएको दाबी गरेका सौर्य एयरलाइन्सका सञ्चालक एवं सुपारीका कारोबारी दिपक पोखरेललाई राजस्व अनुसन्धान विभागले कुनै अनुसन्धान नै नगरी क्लिन चिट दिने तयारी गरेको छ ।
कुनै पनि एयरलाइन्सले छ महिनासम्ममा पनि हवाइ टिकट बिक्रीबाट काउन्टरमा ५० लाख जम्मा गर्न नसक्ने भन्दै अन्य एयरलाइन्स सञ्चालकले दाबी गरिरहेको अवस्थामा सौर्य एयरलाइन्सका सञ्चालक एवं सुपारीका कारोबारी पोखरेललाई राजस्व अनुसन्धान विभागले आर्थिक चलखेल गरी उन्मुक्ति दिने तयारी गरेको हो । अहिले अत्यधिक मात्रामा अनलाइन टिकट बुकिङ हुने गरेको हुँदा उक्त अनलाइन बुकिङअनुसारको रकम भुक्तानी सोझै एयरलाइन्सको बैंक खातामा जम्मा हुने भएकाले राजस्व अनुसन्धानमा सौर्य एयरलाइन्सले दाबी गरेअनुसारको रकम जम्मा हुन छ महिनादेखि १० महिनासम्म लाग्ने दाबी एयरलाइन्सका सञ्चालकले गर्दै आएका छन् । उनीहरुले पोखरेललाई राजस्व अनुसन्धान विभागले उन्मुक्ति दिनु सेटिङ्ग र चलखेल नै भएको दाबी गरे ।
अवैध रकमलाई वैध बनाउन एयरलाइन्सको सहारा लिएर राजस्व अनुसन्धानको सेटिङ्गमै पोखरेलले पत्र लेखेरै उक्त पैसा आफ्नो भएको दाबी गरेको स्रोतको भनाइ छ । पोखरेललाई सफाइ दिन राजस्व अनुसन्धान विभागका महानिर्देशकदेखि केही कर्मचारी सक्रिय भएर लागेका छन् । जसले गर्दा पछिल्लो समय उक्त प्रकरण फेरि एक पटक विवादमा आएको छ ।
अवैध कारोबारमा संलग्न सौर्य एयरलाइन्स र सञ्चालक दिपक पोखरेललाई कारबाही प्रक्रिया अगाडि बढाउनुको साटो अहिले देउवा सरकार र राजस्व अनुसन्धान विभाग आफैँ सुपारी कारोबारी दिपक पोखरेलाई नै उन्मुक्ति दिने योजना बनाउन लागेको स्थानीयको आरोप छ । उक्त ५० लाख प्रकरणमा बयानका लागि विभागले विराटनगरका सुपारी कारोबारी एवं सौर्य एयरलाइन्सका अर्का सञ्चालक दिनेश राठीलाई समेत बोलाएर बयान लिएको थियो । राठीलाई समेत बयान लिएको विभागले एक महिना पछाडि एक्कासि आएर पोखरेललाई क्लिन चिट दिने तयारी थालेको बाहिरिएपछि विभाग समेत विवादमा मुछिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया