Techie IT
×
गृहपृष्ठbreakingनिगमको महाप्रबन्धक र सञ्चालकहरूमाथि छानबिन गर्न समिति गठन

निगमको महाप्रबन्धक र सञ्चालकहरूमाथि छानबिन गर्न समिति गठन


काठमाडौं । संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र तीन जना सञ्चालकहरुको विवादास्पद गतिविधि छानबिन गरी प्रतिवेदन बुझाउन उपसचिव टेक प्रसाद पौडेलको संयोजकत्वमा मन्त्रालयकै कानुनका उपसचिव पुरुषोत्तम खतिवडा र अर्का उपसचिव राजेश उप्रेती सदस्य रहेको एक छानबिन समिति गठन गरेको छ ।

मन्त्रालयले महाप्रबन्धक पौडेलसँग बाहिरबाट आएका तीन जना सञ्चालकहरु ईश्वर पौडेल, नुर गेल्जे शेर्पा र किशोर कुमार प्रधानको गतिविधि शंकास्पद ठानेर उक्त छानबिन समिति गठन गरेको हो ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया