बुडर–नायल–बैंक सडकको लागि पर्याप्त बजेटको व्यवस्था गरिदिन्छु’ : मन्त्री आले
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले बुडर–नायल–बैंक सडक विस्तार तथा स्तरोन्नतिको लागि पर्याप्त बजेट व्यवस्था गरिदिने बताएका छन् । शुक्रबार बुडर–नायल–बैंक सडकको स्थलगत अनुगमन गर्नुका साथै ऐतिहासिक महत्व बोकेको नायल गाउँ र तालको अवलोकन गरेका उनले चाडै नै उक्त बाटो पक्की बनाउनको लागि बजेटको व्यवस्था गर्ने बताए ।
सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कैलाली, कञ्चनपुर र डँडेल्धुराको बीचमा पर्ने कैलालीको गोदावरी नगरपालिका–७ नायल गाउँ पर्यटन मन्त्री आलेको जन्म गाउँभन्दा १२ किलोमिटर टाढा पर्छ । शुक्रबार उनी नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य सुरेन्द्र बहादुर बमको पहलमा ऐतिहासिक महत्व बोकेको पर्यटकीय तथा सौदर्यले भरिपूर्ण गाउँ नायल पुगेका थिए । मन्त्री आलेले विगतदेखि यो बाटो बनाउने नाममा धेरै राजनितिक दलका नेताहरूले भोट लिएर गए पनि नबनाएको भन्दै आफूले वन तथा वातावरण मन्त्री हुँदा ईआईएको काम गरेको समेत सुनाए । उक्त सडकको ईआईएको काम गरी ट्र्याक आफूले नै खोलेको हुँदा स्तरोन्नतिको कार्य समेत आफूले गर्ने उनको भनाइ थियो । साथै उनले यस क्षेत्रको विद्युत्को लागि समेत बजेट पास भएको जानकारी दिए । यस्तै उनले १२ बिघा क्षेत्रमा फैलिएको तालमा बोटिङ गर्न सकिने सम्भावना रहेकोले त्यसका लागि र सिद्धभगवती देउताको मन्दिर निर्माण गर्नका लागि काठमाडौँ फर्केलगत्तै बजेट छुट्याउने बताए ।
विकासका पूर्वाधारविहीन गाउँको आधारभूत विकासका लागि राजनीतिक, प्रशासनिक रूपमा पहल गरिरहेका समाजवादी पार्टीका नेता बमको विशेष आग्रहमा पर्यटनमन्त्री आफैँ ताल क्षेत्रमा पुगेपछि स्थानीय हर्षित भएका थिए । पालिका, जिल्लाका प्रतिनिधि समेत नआएको बस्तीमा संघीय सरकारका पर्यटनमन्त्री आएको भन्दै स्थानीयले मन्त्री आलेको सम्मान गरेका थिए । स्थानीय ईन्द्र बोहराले गाउँमा पहिलो पटक मन्त्रीको आगमनले हर्षित भएको बताए । ‘हामी आज यति खुसी छौँ, हाम्रो खुसीको सीमा छैन’, स्थानीय बोहराले पर्यटनमन्त्री आले समक्ष भने, ‘हामीले सोच्दै नसोचेको भयो, अब गाउँको विकासमा आशावादी छौँ ।’
पर्यटनमन्त्री आलेसमक्ष नेता बमले गाउँका विद्युतीकरणका बजेट विनियोजन नभइसकेको बताउँदै गाउँको विकासका लागि संघीय सरकारका तर्फबाट आवश्यक पूर्वाधार निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए । ‘यो हाम्रो सुदूरपश्चिम प्रदेशकै ऐतिहासिक गाउँ हो, यहाँ मुगल राजाको बेग्लै इतिहास छ, तर सरकारको ध्यान नपुग्दा सिङ्गो सुन्दर गाउँ ओझेलमा छ’, बमले भने, ‘यस्ता उपेक्षित गाउँको विकासका लागि संघीय सरकारबाट समेत आवश्यक पहल जरुरी छ ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया