काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा लागेसँगै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल शिक्षा क्षेत्रको बजेट बढाउने लबिङमा थालेका छन् । गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रको बजेट ह्वात्तै घटेपछि उनले बजेट बढाउन सक्रियता बढाएका हुन् ।
मन्त्री पौडेलले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिक्षा क्षेत्रको बजेट बढाउने विषयमा छलफल गरेका छन् । प्रधानमन्त्रीसँगको छलफलमा उनले आगामी आर्थिक वर्षमा संविधानले तोकेबमोजिम शिक्षामा २० प्रतिशत बजेट छुट्याउन आग्रह गरेको थिए । ‘गतवर्ष कोभिडको कारणले बजेटको आकार पनि सानो भयो,’ शिक्षा मन्त्री पौडेलले भने, ‘यस वर्ष कोभिड महामारी कम छ, शिक्षामा बजेट बढाएर २० प्रतिशत बनाउनुपर्छ ।’ शिक्षा क्षेत्रमा चालू आर्थिक वर्षमा ११ प्रतिशत मात्र बजेट विनियोजन भएको थियो । संविधानमा शिक्षा क्षेत्रको बजेट देशको कुल बजेटको २० प्रतिशत हुनुपर्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्र आफ्नो पनि प्राथमिकताको क्षेत्र रहेको बताउँदै बजेट बढाउने आश्वासन दिएको मन्त्री पौडेलले बताए । यसअघि शिक्षा क्षेत्रको बजेट कुल बजेटको १७ प्रतिशतसम्म मात्र पुगेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले यसका लागि थप गृहकार्य गर्न निर्देशन समेत दिएको मन्त्री पौडेलले जानकारी दिए ।
‘यसअघि शिक्षा क्षेत्रको बजेट सबैभन्दा बढी १७ प्रतिशतसम्म पुगेको रहेछ,’ मन्त्री पौडेललाई निर्देशन दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘तपाईँहरूले पनि होमवर्क गर्नुस्, यसपटक गतवर्षको भन्दा शिक्षा क्षेत्रको बजेट बढ्छ ।’ भेटमा मन्त्री पौडेलले प्रमाणपत्र धितोमा राखेर ऋण दिने विषय बजेटमा हरेक वर्ष समावेश भए पनि कार्यान्वयनमा जटिलता रहेको जानकारी गराएका थिए । संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐनलगायतका ऐनहरू ल्याउने सन्दर्भमा पनि प्रधानमन्त्रीसँग छलफल भएको उनले बताए । जवाफमा प्रधानमन्त्री देउवाले प्रमाण र ऋणको विषयमा आफूले नेपाल राष्ट्र बैंक, कृषि विकास बैंक र अर्थमन्त्रीसँग छलफल गर्ने आश्वासन दिएको उनले बताए । ऐनको सन्दर्भमा पनि प्रधानमन्त्री सकारात्मक देखिएको उनको भनाइ छ । यद्यपि ऐन सदनबाट ल्याउने कि अध्यादेशबाट ल्याउने भन्ने विषय थप छलफलपछि मात्र निचोडमा पुग्ने प्रधानमन्त्रीको भनाइ थियो । नेपालमा अहिलेसम्म पनि २०२८ सालमा बनेको शिक्षा ऐन कार्यान्वयनमा छ ।
यस्तै मन्त्री पौडेलले सातै प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज र नमूना आवासीय विद्यालय स्थापना गर्ने, सात सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने र तीन वर्षभित्र सामुदायिक विद्यालयहरूको भवन बनाइसक्ने योजनाको बारेमा पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया