Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदैलेखको ११ वटै पालिकाको मतगणना सकियो

दैलेखको ११ वटै पालिकाको मतगणना सकियो

कांग्रेस ५, एमाले ४ र माओवादी केन्द्र २ पालिकाप्रमुखमा विजयी


दैलेख । दैलेखका सबै पालिकाको मतगणना सकिएको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा नेपाली कांग्रेसले ५, नेकपा एमाले ४ र नेकपा माओवादी केन्द्रले २ पालिकाको प्रमुखमा विजयी भएको छ ।

नेपाली कांग्रेसले जिल्लाको दुल्लु नगरपालिकामा प्रमुख, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा प्रमुख/उपप्रमुख, भैरवी गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, महावू गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष जितेको छ भने ठाटिकाँध गाउँपालिकामा अध्यक्ष र भगवतीमाई गाउँपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ । यस्तै नेकपा एमालेले जिल्लाको आठबीस नगरपालिकामा प्रमुख/उपप्रमुख, नारायण नगरपालिकामा प्रमुख/उपप्रमुख, गुराँस गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, डुङ्गेश्वर गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, दुल्लु नगरपालिकामा उपप्रमुख र ठाटिकाँध गाउँपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकामा प्रमुख पदमा जित हासिल गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले जिल्लाको नौमुले गाउँपालिकामा मात्रै उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

सार्वजनिक मतपरिणामअनुसार दैलेखको आठबीस नगरपालिकाको प्रमुख-उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा नेकपा एमालेका तर्क बहादुर बडुवालले नेपाली कांग्रेसका प्रेम प्रकाश शाहीलाई दुर्ई सय ६१ मतान्तरले हराउँदै जित हात पारेका छन् । बडुवालले पाँच हजार तीन सय २७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी शाहीले पाँच हजार ६६ मत पाए । यस्तै उप प्रमुखमा पनि नेकपा एमालेका कल्पना थापा पाँच हजार एक सय १३ मत प्राप्त गर्दै विजयी भएकी छिन् ।

प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार निशा थापालाई एक सय ४८ मतान्तरले पराजित गर्दै उनले जित हात पारेकी छिन् । दुल्लु नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका भरतप्रसाद रिजाल विजयी भएका छन् । नगरपालिकाको उपप्रमुखमा भने नेकपा एमालेका विना कार्की विजयी भएकी छिन् । गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका टेकबहादुर खड्कालाई ७३ मतले हराउँदै कार्की विजयी भएकी हुन् । उपप्रमुखमा विजयी कार्कीले सात हजार एक सय ६० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका खड्काले सात हजार ८७ मत प्राप्त गरे ।

नारायण नगरपालिकाको प्रमुखमा नेकपा एमालेका लोमन शर्मा (काफ्ले) पाँच हजार चार सय ३६ मत प्राप्त गर्दै नगरप्रमुखमा विजयी भएका छन् भने उपप्रमुखमा नेकपा एमालेका तप्ता कुमारी खड्का (थापा) पाँच हजार छ सय ७३ मत प्राप्त गर्दै विजयी भएकी छिन् । ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्ष बहादुर शाह दुई हजार पाँच सय ७१ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपाध्यक्षमा उपाध्यक्षमा नेकपा एमालेका देविराम बडुवाल दुई हजार छ सय ९५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापा दुई हजार आठ सय ४६ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसका मिनाकुमारी खड्का दुई हजार छ सय ८३ मत प्राप्त गद विजयी भएकी छिन् । चामुण्डाबिन्द्रासैनि नगरपालिकाको प्रमुखमा कांग्रेसका गणेश बहादुर शाही चार हजार ७० मत प्राप्त गर्दै विजयी भएका छन् भने उपप्रमुखमा कांग्रेसकै मनसरा कुमारी शर्मा चार हजार ३८ मत प्राप्त गर्दै विजयी भएकी छिन् । भैरवी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रिता शाही तीन हजार नौ सय ७६ मत प्राप्त गर्दै विजयी भएकी छिन् भने उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारी तनि हजार तीन सय ७४ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन ।

डुङ्गेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुन्दरकुमार केसी तीन हजार चार सय छ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेकै कलावती न्यौपाने तीन हजार पाँच सय ७७ मत प्राप्त गर्दै विजयी भएकी छिन् । गुराँस गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टोपबहादुर बिसी चार हजार छ सय ८१ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेका शिवाकुमारी खड्का चार हजार छ सय ९८ मत प्राप्त गर्दै विजयी भएकी छिन् ।

नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी तनि हजार दुई सय मत प्राप्त गर्दै विजयी भएका छन् भने उपाध्यक्षमा एकीकृत समाजवादीका गगनबहादुर शाही दुई हजार आठ सय ३४ मत प्राप्त गरी विजयी भएका छन् । महावू गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लक्ष्मण गूरुङ दुई हजार नौ सय ७९ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसकै मञ्जु कुमारी शर्मा तीन हजार एक सय ५५ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दैलेखमा कुल एक लाख ५८ हजार ४ सय ८९ जना मतदाता मध्ये एक लाख १० हजार आठ सय २५ मत अर्थात् (७० प्रतिशत) मत खसेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया