Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपीडितलाई न्याय र दोषीलाई कारबाही गर्न महिला आयोगको आग्रह

पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न महिला आयोगको आग्रह


काठमाडौं । राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न आग्रह गरेको छ । आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई छानबिन गरी पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न आग्रह गरेको हो ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायले दोषीलाई कारबाहीको दायरामा समेत ल्याइसकेको छ, घटनाको अनुसन्धान तथा निष्पक्ष छानबिन गरी पीडितलाई न्याय प्रदान गर्न तथा पीडकलाई कानुनबमोजिमको कारबाहीका लागि आयोग ध्यानाकर्षण गर्दछ ।’ आयोगले पीडित किशोरीको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्धका लागि समेत सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।

यौन अपराध, बलात्कारजस्तो जघन्य हिंसाप्रति आयोगको धारणा शून्य सहनशीलता रहेको छ भने यस घटनाका सम्बन्धमा सरकारको समेत ध्यानाकर्षण भएर नेपाल सरकारबाट छानबिन समिति गठन भइसकेको छ । आयोगले पीडित पक्ष, सरकार र सुरक्षा निकायसँग समन्वय र सहकार्य गरिरहेको र गठित समितिले सो सम्बन्धमा निष्पक्ष छानबिन गर्ने कार्यका लागि सबै पक्षको आवश्यक सहयोगका लागि आग्रह समेत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया