Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाली हुन् कि होइनन् भन्ने टुंगो नभएका मिश्र श्रीलंकाको राजदूतमा नियुक्त

नेपाली हुन् कि होइनन् भन्ने टुंगो नभएका मिश्र श्रीलंकाको राजदूतमा नियुक्त


काठमाडौं । संसदीय सुनुवाइ समितिले मंगलबार श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्रको नाम अनुमोदन गरे पनि उनी श्रीलंकाका लागि नेपाली राजदूत हुनलागेका हुन् कि बेलायतको लागि श्रीलंकाको राजदूत हुनलागेका हुन् भन्ने प्रश्न अनुत्तरित नै छ ।

प्रस्तावित राजदूत मिश्र माओवादी केन्द्रको कोटामा सिफारिस भएका हुन् । नेपालको लमजुङ जिल्लाका पूर्वबासिन्दा मिश्र ऊर्जामन्त्री पम्फा भुसालका बहिनी ज्वाइँ हुन् । उनी लमजुङको मात्र होइन, नेपालकै पूर्वबासिन्दा हुन् । उनकी श्रीमतीलगायतका परिवारका सदस्यहरु बेलायतका स्थायी बासिन्दा बनिसकेका छन् ।

मिश्र पनि श्रीमतीकै पछि लागेर बेलायत पुगेका थिए र झण्डै १४ वर्ष त्यहाँ बसेर केही समयअघि मात्र नेपाल फर्किएका हुन् । उनले नेपालको नागरिकता त्यागेर बेलायतको नागरिकता लिएर त्यहाँ बसेका हुन् कि ढाँटेर त्यहाँ बसेका हुन् भन्ने कुरो अझै खुलेको छैन तर उनको परिवार बेलायतको स्थायी बासिन्दा बनिसकेका छन् । उनै मिश्रलाई सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेपछि त्यहाँका लागि उनी नेपाली राजदूत हुन् कि बेलायती राजदूत हुनलागेका हुन् भन्ने प्रश्न उठेको हो ।

यसअघि डेनमार्कका लागि प्रस्तावित राजदूत डा. रामस्वार्थ यादव र श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्रको विरुद्धमा संसदीय सुनुवाइ समितिमा उजुरी परेको थियो ।

डा. यादवमाथि धनुषा साइन्स क्याम्पसको सञ्चालक छँदा रकम हिनामिना गरेको र मिश्रमाथि नक्कली शैक्षिक प्रमाणपत्र र बेलायतको पीआर लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी रहेको भन्दै राजदूतमा नियुक्त नगर्न समितिमा परेको उजुरीमा सम्बन्धमा आवश्यक छानबिन नै नगरी राजदूत नियुक्त गरिएको थियो ।

नियुक्त गरिएको व्यक्ति नेपाली हुन् कि होइनन् भन्ने टुंगो नै नलगाई यति महत्वपूर्ण पदमा नियुक्त गर्नुले राष्ट्रको गरिमामा नै गम्भीर आँच आउने देखिँदा देखिँदै समितिका सभापति लक्ष्मणलाल कर्णले समितिमा परेको उजुरीको औचित्य नभएको भन्दै अनुमोदन गरेको गैह्रजिम्मेवार अभिव्यक्ति दिएका छन् । राजदूतको नाम अनुमोदनमा उपस्थित शतप्रतिशत सांसदले छलफलमा भाग लिई अनुमोदन गरेको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया