Techie IT
×
गृहपृष्ठbreakingआज फेरि २० अर्ब रुपैयाँको ट्रेजरी

आज फेरि २० अर्ब रुपैयाँको ट्रेजरी


काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ ३० गते अर्थात् आज सोमबार पुनः २० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही जेठ २३ गते पनि राष्ट्र बैंकले २१ अर्ब नौ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति जेठ ३१ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः ९१ दिने अवधिको पाँच अर्ब, एक सय ८२ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँबराबरको रहेको छ । सोमध्ये ९१ दिने अवधिको २०७९ भदौ २८ गते, एक सय ८२ दिने अवधिको २०७९ मंसिर २७ गते र तीन सय ६४ दिने अवधिको २०८० जेठ ३० गते परिपक्व हुने मिति तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने यी ट्रेजरीमा पाँच अर्ब रुपैयाँबराबरको नयाँ रहेको छ भने बाँकी पुरानो नवीकरण अन्तर्गतको छ ।

यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको चार अर्ब २६ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया