बुटवल । स्थानीय तहहरू आगामी आर्थिक वर्ष २०७९/८० बजेट निर्माणको तयारीमा लागेका छन् । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहहरूले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्दछ । सोही व्यवस्थाअनुरूप निर्धारित समयमै बजेट विनियोजनका लागि स्थानीय तहहरू जुटेका हुन् ।
वाणगंगा नगरपालिका कपिलवस्तुका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीका अनुसार नगरपालिका आर्थिक वर्ष २०७९/८० को बजेटको लागि आवश्यक गृहकार्य गर्दै अगाडि बढेको बताए । उनले सर्वदलीय, सर्वपक्षीयरूपमा सरोकारवालाहरूसँगको सहकार्य समन्वयमा बजेट र नीति तथा कार्यक्रम बनाउन लागेको जानकारी दिए ।
तिनाउ गाउँपालिका पाल्पाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठका अनुसार तिनाउ गाउँपालिका पनि आगामी आर्थिक वर्षको बजेट विनियोजनका लागि तयारी गरिरहेको छ । तोकिएको समयभित्रै बजेट विनियोजन गर्ने तयारीमा जुटेको उनले बताए । ९ गते नीति तथा कार्यक्रम ल्याउने योजना रहेको उनले जानकारी दिए ।
त्यसैगरी रिब्दीकोट गाउँपालिका पाल्पा पनि बजेटको तयारीमा लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले जानकारी गराए । अर्यालले दुई/तीन चरणमा सरोकारवालाहरूसँग छलफल गरेको र अब एकल महिला, विदेशबाट फर्केका युवाहरूसँग पनि छलफल अगाडि बढाउने उनले जानकारी दिए । खुलारूपमा सूचना प्रवाह गरी सुझाव संकलन गरिरहेको उनको भनाइ छ । समयमै जनमैत्री नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी तयारी गरिरहेको बताए ।
रैनादेवी छहरा गाउँपालिका पाल्पाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले अगामी आर्थिक वर्षका लागि वडास्तरबाटै बजेट र नीति तथा कार्यक्रमका लागि आवश्यकरूपमा छलफलहरू गर्दै अगाडि बढेको बताए । पन्थीले सर्वदलीयरूपमा छलफल गरेर आवश्यकताका आधारमा चौतर्फी क्षेत्रहरूलाई समेट्दै अगाडि बढ्ने योजना रहेको बताए ।
गुल्मी दरबार गाउँपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले अगामी आर्थिक वर्षको बजेटका लागि राय तथा सुझाव संकलन गर्ने कार्यलाई तीव्ररूपमा अगाडि बढाएको बताए । उनले कृषि, पशुपालन, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रहरूलाई प्राथमिकताको केन्द्रमा राखेर बजेट ल्याउने तयारी गरेको बताए । चालू आर्थिक वर्षमा चालूतर्फ ६० प्रतिशत र पुँजीगततर्फ ४० प्रतिशत वित्तीय प्रगति भएको बताउँदै पाण्डेले ८० प्रतिशतभन्दा धेरै भौतिक प्रगति भएको बताए ।
छत्रकोट गाउँपालिका गुल्मीकै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा दिनरात मिहिनेत गरेर लागेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया