Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलघुबीमासम्बन्धी व्यवस्था संशोधन

लघुबीमासम्बन्धी व्यवस्था संशोधन


काठमाडौं, फागुन ११
बीमा समितिले लघुबीमा सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । समितिले निर्जीवन बीमा कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै पशुबीमासम्बन्धी निर्देशिका २०७१ को केही बुुँदाहरुमा संशोधन गरी लघुबीमा निर्देशिका २०७६ जारी गरेको हो ।

समितिका अनुुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि जारी गरेको बीमालेखको हकमा बीमा शुल्कमा कुुनै पनि प्रकारको छुुट पाउनेछैनन् । यसअन्तर्गत बीमा शुल्क कटौती गर्न वा सहुलियत दिन पाइनेछैन । संशोधित व्यवस्थाअनुसार कुुनै पनि बीमा अभिकर्ताको प्रयोग नगरी प्रत्यक्षरुपमा बिक्री गरिने बीमालेखको हकमा भने जीवन बीमातर्फ तथा निर्जीवन बीमाको हकमा १० प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्न सक्ने व्यवस्था रहेको छ ।

यसैगरी जीवन लघुबीमालेखको हकमा एक वर्ष वा सोभन्दा बढी अवधिको र निर्जीवन लघु बीमालेखको हकमा एक वर्ष वा सोभन्दा कम अवधिको लागि मात्र जारी गर्ने संशोधित व्यवस्थामा उल्लेख छ । यसैगरी समित्तिले जीवन बीमा कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै दम्पती बीमालेख रोक्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।

समितिले दम्पती बीमालेखको हकमा पति र पत्नी दुवैले पाउने लाभ रोक्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । बीमाको आधारभूत मूल्य मान्यताभन्दा बाहिर गएर दम्पती बीमाको दुरुपयोग हुन थालेपछि दम्पती बीमालेखको सुरक्षण लाभ रोक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया