Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररोमानिया पठाइदिने बहानामा ठगी गर्ने पक्राउ

रोमानिया पठाइदिने बहानामा ठगी गर्ने पक्राउ


काठमाडौं । रोमानिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका —९ घर भई हाल काठमाडौंको बानेश्वर बस्ने सिनामंगलमा रहेको प्रेष्टिज एचआर मेनपावरका सञ्चालक ४० वर्षीय छविलाल भट्टराई छन् ।

भटराईले हिमाल खनाल लगायतलाई रोमानिया पठाइदिन्छु, त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा आकर्षक जागिर लगाइदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम लिएपश्चात् सम्पर्कविहीन थिए ।

त्यसलगत्तै वैदेशिक रोजगार विभागबाट उनलाई पक्राउ गरी उपस्थित गराइदिन भनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्राचार गरेपछि अपराध अनुसन्धान कार्यालयको टोलीले खोजतलास गर्ने क्रममा बुधबार काठमाडौंको मीनभवनबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया