Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटन व्यवसायी पन्तको पक्षमा माहोल

पर्यटन व्यवसायी पन्तको पक्षमा माहोल


काठमाडौं । काठमाडौं क्षेत्र नं ७ मा नेपाली कांग्रेसका पुराना नेता एवं पर्यटन व्यवसायी विनोद पन्तको पक्षमा माहोल बन्दै गएको छ । पन्त नेपाली कांग्रेस काठमाडौंका पुराना नेता हुन् । उनी कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको नेतृत्वको जिल्ला कार्यसमितिका सदस्य रहेका थिए । २०५३ सालमा सिंह जिल्ला सभापति थिए ।

त्यसपछि निरन्तर महासमिति एवं महाधिवेशन प्रतिनिधि रहेका पन्त नेपाल तरुण दलको केन्द्रीय सदस्य रहेका थिए । कामनपा १६ कालधाराका स्थायी बासिन्दा पन्त जिल्ला सदस्य हुनुअघि १६ नम्बर वडाको इकाइ सचिव र सभापति रहेका थिए । आसन्न आम निर्वाचनका लागि नेपाली कांग्रेसले ७ नम्बर क्षेत्रबाट पन्तको नाम पहिलो नम्बरमा सिफारिस गरेपछि त्यस क्षेत्रका कार्यकर्ता र मतदातामा नयाँ उत्साह पलाएको छ ।

त्यस क्षेत्रमा मतदातामा पुख्र्यौली नाता गाँसिएका पन्तका पिता यादव प्रसाद पन्त २०१५ सालको आम निर्वाचनपछि वीपी कोइरालाको नेतृत्वको सरकारका विश्वासिला अधिकृत रहेका थिए । त्यही कारण २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र खोसेपछि उनलाई निजामति सेवाबाट बर्खास्त गरेका थिए । अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका पन्तलाई राजा महेन्द्रको सरकारले बर्खास्त गरेपछि उनले विकास साप्ताहिक प्रकाशन गरेर प्रजातन्त्रको पक्षमा जनमत सिर्जना गर्ने काम गरेका थिए ।

त्यही क्रममा २०४२ सालमा उनको निधन भएपछि छोरा विनोद पन्तले बाबुको बिँडो थामेर त्यसलाई निरन्तरता दिएका थिए । उनै पन्तलाई कांगे्रसले टिकटका लागि सिफारिस गरेपछि आगन्तुक दाबेदारहरुको तुलनामा उनी निकै अगाडि देखिएका छन् । साथै उनी नेपाल युवक माविका अध्यक्ष रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया