Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदशैं विदाअघिको अन्तिम दिनको सेयर कारोबार

दशैं विदाअघिको अन्तिम दिनको सेयर कारोबार

६३ करोड २४ लाखको सेयर खरिदबिक्री


काठमाडौं । दशैँ विदाअघिको अन्तिम दिनको सेयर कारोबार सुखद देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक एवं कारोबार रकम दुवै बढेका छन् । अघिल्लो दिन छ दशमलव ४१ अंकले उकालो लागेको सेयरबजार परिसूचक यस दिन १६ दशमलव २९ अंकले उकालो लागेर १८ सय ५३ दशमलव ७६ विन्दुमा चढेको छ ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यस दिन तीन दशमलव ८३ अंकले उकालो लागेर तीन सय ६३ दशमलव ४२ विन्दुमा चढेको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट १४ हजार दुई सय ९८ पटकको कारोबारमा १७ लाख ९१ हजार चार सय ८० कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा यस दिन ६२ करोड २४ लाख सात हजार छ सय २८ रुपैयाँको सेयर किनबेच भएका छन् ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये जीवन बीमा उपसमूहको सूचक पाँच दशमलव ६१ अंकले ओरालो लागेर आठ हजार सात सय १४ दशमलव २५ विन्दुमा झरेकोमा बाँकी उपसमूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक १३ दशमलव ३४ अंकले उकालो लागेर १३ सय दुई दशमलव ३६ विन्दुमा चढेकोमा विकास बैंक उपसमूहको सूचक ३८ दशमलव ८४ अंकले उकालो लागेर तीन हजार तीन सय नौ दशमलव ३१ विन्दुमा चढेको छ ।

जलविद्युत् उपसमूहको सूचक पनि आठ अंकले उकालो लागेर १९ सय ६७ दशमलव ६७ विन्दुमा चढेकोमा फाइनान्स उपसमूहको सूचक पनि १३ दशमलव १७ अंकले उकालो लागेर १५ सय आठ दशमलव ५५ विन्दुमा चढेको छ । निर्जीवन बीमा उपसमूहको सूचक पनि १४ दशमलव ६२ अंकले उकालो लागेर सात हजार पाँच सय एक दशमलव ३१ विन्दुमा चढेकोमा टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी उपसमूहहरुको सूचक पनि क्रमशः एक दशमलव ५१, २२ दशमलव दुई, ५७ दशमलव ६८, दुई दशमलव ९४, ६८ दशमलव १३, शून्य दशमलव १७ र शून्य दशमलव आठ विन्दुले उकालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर चार सय ३८ रुपैयाँ ७० पैसामा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि पाँच दशमलव ७६ प्रतिशतले बढेर आठ सय ९९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ ।

यीबाहेक समिट लघुवित्त वित्तीय संस्था, एनएमबी ब्यालेन्स फण्ड आदिको सेयर मूल्य पनि उकालो लागेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको सामलिङ पावर लिमिटेडको सेयर मूल्य सात दशमलव ९४ प्रतिशतले घटेर चार सय ६४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन पावर पार्टनरको सेयर मूल्य पनि तीन दशमलव ६९ प्रतिशतले घटेर दुई सय ८७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक पञ्चकन्या माई हाइड्रोपावर कम्पनी, युनाइटेड आईडीआई मार्दी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यस दिन नेपाल इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता तीन सय ६६ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ४८ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नबिल बैंकको पनि प्रतिकित्ता सात सय ८० रुपैयाँ अन्तिम मूल्यमा दुई करोड ९० लाख ८६ हजार सात सय ७६ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल टेलिकम, रिडी हाइड्रोपावर कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया