एक भारतीयसहित बैंकिङ कसुरमा फरार तीन जना पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (मिनभवन) का सुचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार कास्कीको मादी गाउँपालिका ७ घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ बस्दै आएका ५८ वर्षीय नारायण भण्डारी, भारतको हरियाणा घर भई हाल काठमाडौंको भोटेबहाल बस्दै आएका ४४ वर्षीय शशी शर्मा र काठमाडौंको टोखा नगरपालिका ११ गोंगबु भण्डारी गाउँ स्थायी ठेगाना भएका ३४ वर्षीय रोशन भण्डारीलाई पक्राउ गरिएको हो ।
तीमध्ये नारायणलाई काठमाडौंको बालाजु चोकबाट बिहीबार, शर्मालाई काठमाडौंको सतुंगलबाट बिहीबार र रोशनलाई काठमाडौंको टोखाबाट बुधबार पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये नारायण भण्डारीउपर उच्च अदालत पाटनको २०७९ असार २१ गतेको फैसलामा दुई लाख रुपैयाँ जरिवाना, एक दिन कैद र आठ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको थियो । उक्त फैसलापश्चात् फरार रहेका नारायणलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान अन्दाजी ११ बजे बालाजुचोकबाट पक्राउ प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ । उनलाई सोही दिन ललितपुर जिल्ला अदालतमा पठाइएको छ ।
यसैगरी वादी नेपाल सरकार र प्रतिवादी भारत देश हरियाना राज्य भिवानी जिल्ला चर्खिदारी भई हाल काठमाडौंको भोटेबहाल बस्ने ४४ वर्षीय शर्मालाई २५ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७९ भदौ ७ गते पक्राउ अनुमति जारी गरेको प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ । सो पश्चात् फरार रहेका शर्मालाई बिहीबार सतुंगलबाट पक्राउ गरी सोही दिन महानगरीय प्रहरी वृत्त बालाजुमा पठाइएको कोइरालाले जानकारी दिए ।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार रोशनउपर भने बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ असार १३ गते भएको फैसलामा पाँच लाख ५० हजार रुपैयाँ जरिवाना, चार दिन कैद र २२ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने फैसला भएको थियो । सो पश्चात् फरार रहेका भण्डारीलाई गोंगबु भण्डारी गाउँबाट पक्राउ गरिएको उनले बताए ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया