Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना भाइरस सङ्क्रमण ६४ मुलुकमा, करिब तीन हजारको मृत्यु

कोरोना भाइरस सङ्क्रमण ६४ मुलुकमा, करिब तीन हजारको मृत्यु


पेरिस, फागुन १९
आइतबार अपरान्ह्सम्म कोरोना भाइरसको सङ्क्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ ।विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्यांकअनुसार आइतबारसम्म विश्वभर दुई हजार नौ सय ९० जनाको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ भने कुल ८७ हजार पाँच सय ६५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्ह्सम्म थप एक हजार छ सय ४६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण मकाउ तथा हङकङबाहेक मुख्यभूमि चीनमा कुल ७९ हजार आठ सय २४ जनामा पुष्टि भएको छ भने त्यहाँ कूल दुई हजार ८२४ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । चीनमा शनिबार ५ बजेदेखि आइतबार ११ बजे (ग्रीनवीच समय)सम्ममा पाँच सय ७३ जना नयाँ बिरामीमा सङ्क्रमण पुष्टि भएको छ भने ३५ जनाको सङ्क्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ । अहिलेसम्म चीनबाहिर कुल सात हजार सात सय ४१ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ भने कुल एक सय २० जनाको मृत्यु भएको छ । यद्यपि इरानबाट सरकारी अधिकारीले उपलब्ध गराएको तथ्यांको निकै धेरै गुणा भाइरस सङ्क्रमणका कारण मृत्यु भएको कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो समयमा चीनबाहिर करिब एक हजार ७३ नयाँ बिरामीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । चीनपछि सबैभन्दा बढी प्रभावित मुलुकहरूमा दक्षिण कोरिया, इटली, इरान र जापान रहेका छन् ।

दक्षिण कोरियामा अहिलेसम्म तीन हजार सात सय ३६ जनामा सङ्क्रमण भएको र अघिल्लो दिनभन्दा ५८६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने कुल १८ जनाको मृत्यु भएको छ । इटलीमा कुल एक हजार एक सय २८ जनामा सङ्क्रमण भएको र अघिल्लो दिनभन्दा थप सङ्क्रमण नभएको र कूल २९ जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै इरानमा चीनबाहिर सबैभन्दा बढी अर्थात् कुल ५४ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको संख्या आइतबारसम्म थप तीन सय ८५ पुगेको र इरानमा कुल नौ सय ७८ व्यक्तिले सङ्क्रमणपछि उपचार सेवा लिइरहेको बताइएको छ ।जापानमा कुल दुई सय ३९ व्यक्ति सङ्क्रमित भई उपचार गरिरहेका बताइएको छ भने कुल ११ जनाको मृत्यु भएको छ । जापानमा विगत २४ घण्टामा थप नौजनामा सङ्क्रमणको पुष्टि भएको छ । जापानको अर्को छुट्टै स्थान जहाँ डायमण्ड प्रिन्सिेस नामक योकोहामा बन्दरगाह नजिकै रोकिएको जहाजमा सात सय जनामा सङ्क्रमण भएको अधिकारीहरूले बताएका छन् । उल्लिखित तथ्यांक सम्बन्धित देशका विश्वसनीय तथा आधिकारिक संस्था तथा विश्वस्वास्थ्य संगठनको सहयोगमा एएफपीले लिएको हो । (रासस÷एएफपी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया