Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेद्वारा सरकारी जग्गा अतिक्रमण

एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेद्वारा सरकारी जग्गा अतिक्रमण

बुढानीलकण्ठ नगरपालिकाद्धारा संचरना हटाउन सूचना जारी


काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रोशन कुमार न्यौपानेले सरकारी जग्गा अतिक्रमण गरेर आफ्नो नीजि निवास निर्माण गरेको खुलाशा भएको छ। धोवीखोलाको शिरतर्फ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ भंगालपञ्जिटोलस्थित शिव मन्दिर नजिकै न्यौपाने निवास बन्दै छ । सोही निवास निर्माण गर्न उनले सरकारी जग्गा अतिक्रमण गरेका हुन् ।

केहीदिन अघि मात्रै एनआईसी एशिया बैंकको दोस्रो कार्याकालका लागि सीईओ नियुक्त भएका न्यौपानेले यस्तो विवादास्पद गतिविधि गरेको सार्वजनिक भएको छ । विभिन्न लोकप्रीय नारा दिएर चर्चामा आएको यो बैंकका सिईओले नै सरकारी जग्गा अतिक्रमण गरेको घटना सार्वजनिक हुँदा समेत सरोकारवाला निकाय मौन छ ।

पूर्वी मोहडा बनेर निर्माण भएको उक्त महल कुनै राजा महाराजाको ‘दरबार’ भन्दा भव्य तरिकाले निर्माण गरिँदैछ । महल भित्रै मन्दिर, बार लगायत निर्माण भइरहेको छ ।

भवनको पूर्वी भागमा धोविखोला छ । धोवीखोलामाथिको भिरालो जमिन उठाएर वाल लगाएका उनले वर्षौंदेखि सरकारी जग्गा अतिक्रमण गरेका रहेछन् । त्यस्तै उत्तर तर्फ पनि करिब ४/५ आना जग्गा अतिक्रमण गरेर वाल लगाएका थिए । दक्षिण तर्फको एक रोपनी जग्गामा उनले विभिन्न भौतिक संरचना निर्माण गरिरहेका छन् । स्थानियबासीका अनुसार उनले बनाएको भौतिक संरचना अवैध हो । तर, शक्तिशाली व्यक्तिहरुको छत्रछायाँमा न्यौपानेले यस्तो रवाफ देखाएका हुन् ।

उनले सरकारी जग्गा हडपेपछि बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ ले त सुचना नै निकालेर अवैध संरचना भत्काउन निर्देशन दिएको थियो । गत अशोज २ गते सुचना नै निकालेर अनाधिकृत संरचना हटाउनेबारे ३५ दिने सुचना निकालेको थियो । वडाध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा जारी सुचनामा पर्ति जग्गा अतिक्रमण भएको र उक्त जग्गा अतिक्रमण नहटाए वडाले नै हटाउने भनिएको थियो । उक्त सुचना जारी भएपछि वर्षौंदेखि रजाइँ गरिरहेका न्यौपानेले हाल केही भाग छाडेर नयाँ वाल लगाइरहेका छन् ।

स्थानिय एक बृद्ध महिलाका अनुसार न्यौपानेले आफ्ना ससुराका बलमा सरकारी पर्ति जग्गा अतिक्रमण गरेका हुन् । रसुवा घर भएका उनले मालपोतका एक कर्मचारीको छोरी विवाह गरेका छन् । मालपोतकै कर्मचारी भएका कारण न्यौपानेलाई पर्ति जग्गा हत्याउन सहज भएको ती व्यक्तिको भनाई छ ।

No description available.

घरको गेट प्रवेश गर्न बाटो नै साटियो : वडाध्यक्ष श्रेष्ठ
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार यसअघिका जनप्रतिनिधीको मिलेमतोमा उक्त बाटो बन्द गरेर अर्को बाटो साटिएको थियो । ‘मेरो पालामा त सरकारी र पर्ति जग्गा अतिक्रमण गर्नेलाई २५ दिन भित्र हटाउन सुचित गरिएको हो । त्यो सुचना अनुसार आफ्नो आफ्नो हिसाबले सबैले हटाउन थाल्नु भएको छ,’ श्रेष्ठले भने सँग भने,‘उहाँले पनि आफै भत्काउन थाल्नु भयो । पहिले कसरी नक्सा पास भयो । कसरी वाल निर्माण भयो भन्ने विषयमा म भन्दा अगाडी नै त्यो निर्णय भएको हुनाले मैले केही भन्न मिलेन ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया