रोकिएका निर्वाचन क्षेत्रका मतगणना सुरु
समानुपातिकमा एमालेलाई २६ लाख मत
काठमाडौं । मतगणना भइरहे पनि विवादका कारण रोकिएको सुनसरी क्षेत्र नम्बर ४ र उदयपुर क्षेत्र नम्बर १ पनि मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर सुनसरी–४ का नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैतले सडक संघर्ष गर्ने चेतावनी दिएपछि साँझ निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएको हो ।
एमालेका कुसियैतसँग सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रतिस्पर्धामा छन् । एक सयभन्दा कम मतले कार्की अगाडि रहे पनि विगतदेखि नै एमालेको राम्रो प्रभाव क्षेत्रको मतगणना बाँकी रहेको कारण कांग्रेस उम्मेदवार मन्त्री कार्कीले पुनः मतदान गर्न माग गरेपछि गणना अवरोध भएको थियो । तर, आयोगले स्थगित मतगणना सुरु गर्न निर्देशन दिएपछि कार्कीको माग पूरा नहुने भएको छ । उदयपुरमा पनि मतगणना हुने भएको छ । आयोगबाट जिल्लालाई त्यससम्बन्धी निर्देशन गइसकेको छ । बुथ कब्जा भएको दोलखामा बिहीबार मतदान हुने भएको छ भने बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को बारेमा निर्णय भइसकेको छैन ।
यसैबीच, समानुपातिकतर्फ ९४ लाख ७३ हजार पाँच मतगणना हुँदा नेकपा एमालेले आफ्नो अग्रतालाई कायम राखेको छ । एमालेले सोमबार रातिसम्म २५ लाख ६६ हजार तीन सय ८४ मत प्राप्त गरेको छ भने दोस्रोमा रहेको कांग्रेसले २४ लाख ३३ हजार एक सय ९८ मत ल्याएको छ । करिब २६ लाख मत प्राप्त गरेका छन् । एमालेले २६ लाखभन्दा बढी मत ल्याउने देखिएको छ । दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । यी दुई पार्टीबीच बेलाबेलामा उछिन्ने र पछि पर्ने क्रम जारी छ । अन्य पार्टीहरुको मत न्यून छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया