Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्जेन्टिनाले जित्यो विश्वकप फुटबलको उपाधि, कति रकम पाउँछ विश्वविजेताले ?

अर्जेन्टिनाले जित्यो विश्वकप फुटबलको उपाधि, कति रकम पाउँछ विश्वविजेताले ?


कतार, अर्जेन्टिनाले विश्वकप फुटबल २०२२ को उपाधि जितेको छ । कतारमा भएको यस वर्षको फुटबल प्रतियोगिताको फाइनल खेलमा पेनाल्टी शुटआउटमा साबिक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा समाप्त भएको थियो । उक्त अवधिमा अर्जेन्टिनाका लागि लियोनल मेस्सीले २३औँ मिनेटमा र एन्जेल डि मारियाले ३६औँ मिनेटमा गोल गरेका थिए । तर फ्रान्सका केलियन एम्बाप्पेले ८०औँ मिनेटमा पेनाल्टी र ८१औँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए । त्यसपछि अतिरिक्त ३० मिनेट थप भएको थियो । त्यसमा १०८औँ मिनेटमा मेस्सीले नै अर्को गोल गरेपछि अर्जेन्टिनाले अग्रता लिएको थियो । तर ११८औँ मिनेटमा फेरि एमबाप्पेले पेनाल्टीमा गोल गर्दै बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि खेल पेनाल्टी शुटआउटमा गयो ।

सो क्रममा साबिक विजेता फ्रान्सका खेलाडी चुकेसँगै अर्जेन्टिनाले उपाधि जित्न सफल भयो । फ्रान्सका दुई खेलाडीले पेनाल्टीमा चुक्दा लगातार दोस्रोपटक विश्वकप उचाल्न फ्रान्स असफल रह्यो ।
विश्वकप उपाधि जितेसँगै अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाउनेछ । त्यस्तै फ्रान्सले तीन करोड डलर पुरस्कार पाउनेछ । सन् २०१८ मा विजेता बनेको फ्रान्सले तीन करोड ८० अमेरिकी डलर पुरस्कार रकम पाएको थियो ।

विश्व फुटबल महासंघ फिफाका अनुसार यो विश्वकपमा सहभागी हरेक फुटबल टोलीले ९० लाख डलर पाउनेछन् । त्यसबाहेक प्रतियोगिता तयारीका लागि सबै टोलीले १५ लाख डलर पाएका थिए ।
यो विश्वकपमा तेस्रो भएको क्रोएसियाले दुई करोड ७० लाख पुरस्कार रकम पाएको छ भने क्रोएसियासँग हारेको मोरक्कोले पनि दुई करोड ५० लाख डलर पाएको छ ।गत वर्ष फिफाले साढे सात अर्ब डलर आम्दानी गरेको थियो । फिफाले प्रत्यक्ष प्रसारण, प्रायोजन, टिकेट र आतिथ्य बिक्रीबाट आम्दानी गर्ने गर्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया