निर्माण व्यवसायीले पाउनुपर्ने रकम उपलब्ध गराउन महासंघको आग्रह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आर्थिक अभावका कारण निर्माण उद्योगले चरम संकट झेलिरहेको जनाएको छ । निर्माणसम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको महासंंघका अध्यक्ष रवि सिंहले बताए ।
महासंघका अध्यक्ष सिंहसहितको एक प्रतिनिधिमण्डलले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रवि लामिछानेसँग छुट्टाछुट्टै भेट गरी निर्माण व्यवसायीहरू चरम आर्थिक मारमा रहेको भन्दै उनीहरुले पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउन माग समेत गरेको छ । यस्तै सार्वजनिक खरिदका कानुनअनुसार निर्माण व्यवसायीहरूले पाउनुपर्ने २० प्रतिशत मोबिलाइजेसन रकम उपलब्ध गराउन पनि अध्यक्ष सिंहले आग्रह गरे । महासंघ प्रतिनिधिमण्डलले धरौटी रकम फिर्ता, पाँच प्याकेजको कार्यान्वयन, शान्ति सुरक्षालगायतका विषयमा पनि उनीहरुको ध्यानाकर्षण गराएको छ । भेटमा दुवै मन्त्रीले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको महासंघले जानकारी दिएको छ ।
महासंघ प्रतिनिधिमण्डलसँगको छलफलमा अर्थमन्त्री पौडेलले पूर्वाधार निर्माण नै समृद्ध मुलुकको आयाम भएकोले निर्माण उद्योग सक्षम तथा सबल हुनुपर्ने बताएका थिए । उनले निर्माण व्यवसायीहरूसँग यस उद्योगमा देखिएका समस्याबारे छलफल गर्न सरकार तयार रहेको बताए । यस्तै उनले तोकिएको लागत तथा समयमा नै गुणस्तरीय कार्य पूरा गर्न निर्माण व्यवसायीहरूलाई सुझाव समेत दिए । यसैगरी गृहमन्त्री लामिछानेले निर्माण उद्योगको समस्याबारे आफू जानकार रहेको बताउँदै निर्माण व्यवसायीहरूका समस्याबारे अध्ययन गरी समाधान खोजिने बताएका थिए । व्यवसायीहरूलाई कसेर होइन उनीहरूसँग सहकार्य गरी अघि बढ्ने सोचमा सरकार रहेको उनले प्रस्ट पारे । यस्तै उनले पनि जनचाहनाअनुसार गुणस्तरीय निर्माणकार्यलाई प्राथमिकता दिन व्यवसायीहरूलाई सुझाव दिए ।
प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकारहरू यक्षध्वज कार्की, टेकबहादुर सेठी, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी), उपाध्यक्ष टोपबहादुर रायमाझी, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, सहकोषाध्यक्ष सन्तोष शाह, कार्यसमिति सदस्यहरू अशोक कुमार केसी, दानबहादुर खड्का उज्वल गौतम, बालाजु श्रेष्ठ, कार्यालय प्रमुख प्रेम सिंह ऐरलगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- मोरङमा अवैध जुवा सञ्चालन, प्रहरी मुकदर्शक
तपाईको प्रतिक्रिया