विराटनगर । विराटनगर भन्सार हुँदै भित्रिने खाद्यान्नहरू पछिल्लो समय ल्याब परीक्षण नै नभई भित्रिने गरेको पाइएको छ । उपभोक्ताले सिधैँ प्रयोग गर्ने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरी, सुक्खा फलफुल काजु, बदामलगायतका वस्तुको खाद्य परीक्षण नै नभई सोझै विराटनगर भन्सारको मूल नाका नै प्रयोग गरी व्यवसायीले नेपाल भित्र्याउने गरेको पाइएको हो ।
भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिँदा पनि खानयोग्य छ कि छैन भनी परीक्षण गर्नुपर्छ । परीक्षणमा सरकारले तोकेको मापदण्ड पूरा भएर भन्सार कार्यालयमार्फत भित्रिनुपर्नेमा केही समयदेखि विराटनगर भन्सार हुँदै आयात भएका त्यस्ता खाद्यवस्तुको क्वारेन्टिन जाँच मात्रै भएर नेपाल आउने क्रम बढेको छ । सरकारले खानयोग्य वस्तु मात्रै भित्रियोस् भन्ने उद्देश्यले खाद्य गुणस्तरका लागि विराटनगर रानी नाकामा रहेको पुुरानो भन्सार कार्यालयमा प्रमाणीकरण कार्यालय स्थापना गरेको छ ।
भन्सारनजिकै रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले ती वस्तुको ल्याबटेस्ट गर्ने भनिए पनि त्यस्ता वस्तु त्यहाँ जाँच नभई भित्रिने गरेको हो । ल्याव टेस्ट नै नगरी कार्यालयले ल्याब रिपोर्ट दिने गरेको कार्यलय स्रोतले जानकारी दिएको छ । ‘कुनै पनि खाद्यवस्तु खानयोग्य छ कि छैन भनी गुणस्तर जाँच हुन्छ । खानयोग्य मापदण्डमा भए मात्रै भित्रिन्छ । अन्य तयारी खाद्यवस्तु चाउचाउ, चकलेट, बिस्कुटलगायत परीक्षण भए पनि खाद्यान्नको गुणस्तर परीक्षण नै नभई सोझै भित्रिने गरेको छ’, स्रोतले भन्यो ।
विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पुस महिनाको अन्तिम सातासम्म आइपुुग्दा करोडौँ मूल्यबराबरको खाद्यान्न भन्सार जाँचपास गरी नेपाल पठाएको छ तर पठाएका ती खाद्यवस्तुमध्ये कुनैको पनि खाद्य गुणस्तर परीक्षण नभएको स्रोतले दाबी गरेको छ । भन्सार विभागले जारी गरेको एकद्वार प्रणालीअन्तर्गतको सिस्टममा अनलाइनमार्फत के–कस्तो वस्तु हो त्यसको अवस्था हेरेर परीक्षणका लागि पठाउने गरेको छ ।
तयारी खाद्यवस्तु खाद्य प्रमाणीकरण कार्यालय, पशुजन्य खाद्य वस्तु पशु क्वारेन्टिन कार्यालय र कृषिजन्य खाद्यवस्तु प्लान्ट क्वारेन्टिन कार्यालयबाट परीक्षण भई स्वीकृति गरेमा मात्रै भन्सार जाँचपासको प्रक्रिया अगाडि बढ्छ तर उपभोक्ताले सिधै प्रयोग गर्ने फलफूल तथा खाद्यवस्तु खाद्य गुणस्तरका लागि स्थापना भएको कार्यालयमा परीक्षण नै नभई सोझै भन्सार कार्यालयले जाँचपास गर्नेगरेको छ ।
यसरी भन्सारबाट आउने खाद्यान्नको समेत गुणस्तर परीक्षण नहुँदा तस्करी भएर खुला सीमाबाट आउने खाद्यान्नसरह गुणस्तरहीन खाद्यान्न पनि सहजै नेपाल भित्रिएर उपभोक्ताले प्रयोग गरिरहेका छैनन् भन्ने जटिल प्रश्न अहिले उठ्न थालेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया