निर्माण व्यवसायी महासंघका अध्यक्षद्वारा दुई मोटरेबल पुल निर्माणकार्य अलपत्र
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले सोलुखुम्बुमा निर्माण गर्नुपर्ने दुई मोटरेबल पुल निर्माणकार्यलाई अलपत्र पारेका छन् । सोलेको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माण भइसक्नुपर्ने दुईवटा मोटरेबल पुलको निर्माणकार्य उनले हालसम्म सुचारु गरेका छैनन् ।
गाउँपालिकाको दिप्लीघाट र बर्खुघाट मोटरेबल पुल निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने समयमा समेत निर्माण जिम्मा पाएका महासंघका अध्यक्ष सिंह कम्पनी सम्पर्कविहीन भएपछि गाउँपालिका अध्यक्ष असिम राईले ठेकेदार कम्पनीलाई सार्वजनिक ध्यानाकर्षण गराएका छन् । महासंघका अध्यक्ष सिंहको निर्माण कम्पनी महादेव खिम्ती हिराचन जेभीले ठेक्का पारेको भए पनि आयोजना थालनीमा विलम्ब गरिरहेको भन्दै गाउँपालिकाका अध्यक्ष राईले महासंघ अध्यक्ष सिंहको ध्यानाकर्षण गराएका हुन् ।
राईले आयोजना निर्माण भइसक्नुपर्ने अवधि बितिसक्दा समेत काम सुरु नै नगरेको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् । दिप्लिघाट मोटरेबल पुल गत आर्थिक वर्षमै सम्पन्न गर्नेगरी २०७५ सालमा अध्यक्ष सिंहको निर्माण कम्पनी महादेव खिम्ती हिराचन जेभीले ठेक्का सम्झौता गरेको थियो । सोही कम्पनीले ३३ महिनाभित्र सम्पन्न गर्नेगरी २०७७ सालमा सम्झौता गरेको बर्खुघाट मोटरेबल पुलको पनि शिलन्यासमै सीमित बनेको छ ।
सडक विभाग, पुल महाशाखाअन्तर्गत दिप्लीघाट पुल १० करोड ९८ लाख रुपैयाँ र बर्खुघाट पुल ११ करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया