दर्जन बेवारिसे सवारीसाधन वर्षौँदेखि प्रहरी नियन्त्रणमा
सोलुखुम्बु ।सोलुखुम्बुमा वर्षौँदेखि प्रहरी नियन्त्रणमा रहेको एक दर्जन बेवारिसे सवारीसाधन जीर्ण बन्न थालेका छन् । चेकजाँचको क्रममा प्रहरीले नियन्त्रणमा लिएको एउटा बोलेरो र मोटरसाइकल गरी १२ वटा सवारीसाधन झण्डै चार वर्षदेखि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नियन्त्रणमा रहेका छन् ।
नियन्त्रणमा रहेका सवारीसाधनहरूमा ना ३ च ३९२९ नम्बरको बोलेरो र मे ९ प ३८२२, बा ०२०१६०/३६४३, बा ९३ प ८८९५, को २५ प ६४५०, बा ५३ प ९११७, बा ४६ प ४८०० र बा ५५प ४८३३ बा ५७ प ५२०६ नम्बरको अपाची आरटिचार, बा ४३ प ५२४२, बा ३६ प २४६५ र स ४ प ३४५४ नम्बरका होन्डा मोटरसाइकल रहेको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए ।
उनका अनुसार उक्त सवारीसाधनहरूको कुनै पनि कागजात नभएको र वर्षौँदेखि सवारीधनी समेत सम्पर्कमा आएका छैनन् । लामो समय प्रहरी कार्यालयको खुला स्थानमा राखिँदा उक्त सवारीसाधनहरू काम नलाग्ने अवस्थामा पुगिसेका छन् ।
कार्यालयले लिलाम बिक्री गरी सरकारी खातामा राजस्व दाखिला गर्न पाउने कानुनी व्यवस्था भए पनि झन्जटिलो प्रक्रियाका कारण समस्या भएको स्रोतको भनाइ छ ।
कार्यालयपरिसरमा १२ वटा बेवारिसेसहित अन्य ३२ वटा कागजात चुस्तदुरुस्त नभएका सवारीसाधनहरू पनि वर्षौँदेखि थन्किएका छन् । ट्राफिक चेकजाँचको क्रममा समातिएका सवारीसाधनहरू सवारीधनी लिन नआउँदा कबाडीमा परिणत भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
- अर्थतन्त्र सबलीकरणमा ओजोन तह सुधारको महत्व
- भौतिकवाद र अध्यात्मवाद
- फलदायी बनाऊ गौरवका आयोजना
- पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि असारसम्म म्याद थप्न माग
- सीएनआई कोसी एक्स्पोविरुद्ध उच्च अदालतमा रिट
- ललितपुर महानगर प्रहरी
- राष्ट्र बैंकले माग्यो दुई अर्ब २६ करोड संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया