‘क्रसर उद्योग सञ्चालनमा देखिएको समस्या छिट्टै समाधान हुन्छ’
काठमाडौं । सहरी विकासमन्त्री विक्रम पाण्डेले क्रसर उद्योग सञ्चालनमा देखिएको समस्या चाँडै समाधान हुने बताएका छन् । निर्माण उद्योगमा देखिएको समस्याबारे आफू जानकार रहेको बताउँदै उनले यस उद्योगमा देखिएको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको जानकारी दिए ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबार भएको भेटमा मन्त्री पाण्डेले गैरकानुनी तरिकाले क्रसर सञ्चालन गर्ने केही व्यक्तिका कारण नियमसंगत तरिकाले उद्योग सञ्चालन गर्ने समेत मारमा परेको बताए । निर्माण व्यवसायीहरूलाई कुनै गल्ती नगरी निर्भीक भएर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि उनले जनाएका थिए ।
महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग सञ्चालनमा देखिएको अवरोधका कारण निर्माण कार्य प्रायः ठप्प भएको जानकारी दिए । निर्माण उद्योगबारे जानकार व्यक्तिले सहरी विकास मन्त्रालय सम्हाल्दा आफूहरूलाई खुसी लागेको अध्यक्ष सिंहले बताए । पर्याप्त बजेट नछुट्याई ठेक्का लगाउँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै अध्यक्ष सिंहले बजेट छुट्याएर मात्र ठेक्का लगाउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराए । महासंघ प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी), महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर र उपनिर्देशक आसित अधिकारी सहभागी थिए ।
क्याटेगोरी : कर्पोरेट, समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया