सगरमाथा राष्ट्रिय निकुञ्जबाट पासोसहित दुई जना पक्राउ
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जबाट दुई जना सिकारीलाई पक्राउ गरिएको छ । निकुञ्ज क्षेत्रको शेर्पा मध्यवर्ती सामुदायिक वनबाट पासो र गुलेलीसहित थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका ३९ वर्षिय गोरे तामाङ र सन्तोष तामाङलाई चौरीखर्क रेन्जपोष्टको टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट दुई थान गुलेली, वन्यजन्तु मार्नका लागि बाँसबाट बनाइएको पासो पाँच थान, खुकरी दुई थान, पासोको लागि बनाइएको लठ्ठी पाँच थान जफत गरिएको छ । बुंगा खोला पावर हाउस नजिकबाट उनीहरुलाई पक्राउ गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज पाण्डेले जानकारी दिए । उनीहरुलाई नाम्चे ल्याएर थप अनुसन्धान भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया