Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकुटपिट गर्नेलाई कारबाही नगरिए सम्पूर्ण औषधि पसल बन्द गर्ने चेतावनी

कुटपिट गर्नेलाई कारबाही नगरिए सम्पूर्ण औषधि पसल बन्द गर्ने चेतावनी


जनकपुरधाम, फागुन ३०
औषधि व्यवसायी संघ धनुषाले संघका महासचिव प्रमोद अग्रवाललाई कुटपिट गर्नेलाई १० दिनभित्र प्रहरीले पक्राउ नगरे जिल्लाको सम्पूर्ण औषधि पसल बन्द गर्ने चेतावनी दिएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले गत फागुन २६ गतेका दिन महासचिवलाई कुटपिट गर्ने जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ निवासी रूफटप होटलका सञ्चालक धर्मेन्द्र साहलाई चैत ९ गतेसम्म पक्राउ गरी कानुनी दायरमा ल्याउन अल्टिमेटम दिइएको हो ।

संघका महासचिव तेजनारायण चौधरीद्वारा जारी सो विज्ञप्तिमा अल्टिमेटम अवधिभित्र दोषी साहलाई कानुनी दायरामा नल्याए बाध्य भएर जिल्लाका सम्पूर्ण औषधि पसल बन्द गरी आन्दोलनमा जाने चेतावनी दिइएको छ । अग्रवालले गुठी संस्थानसँग भाडामा जग्गा लिएर औषधि पसल सञ्चालन गर्दै जग्गाबाट केही जग्गा साहले जबर्जस्ती धाकधम्की देखाएर कब्जा गर्न खोज्दै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराइएको उजुरीमा भनिएको छ । उजुरी परेलगतै धनुषा प्रहरीले साहको खोजी व्यापकरूपमा गर्दै आएको छ । प्रहरीका अनुसार हाल साह फरार रहेको कारण पक्राउ पर्न सकेको छैन ।

पछिल्लो पटक समाचार संकलनको क्रममा जनकपुरधाम उपमहानरपालिकाका पत्रकारहरूलाई कुटपिट घटनामा संलग्न रहेको आरोपमा २ दिन थुनामा राखी प्रजिअले धरौटीमा रिहा गरेको थियो । यसअघि पनि जनकपुरधामस्थित अक्षर विद्या मन्दिरका सञ्चालक पङ्कज जालानलाई समेत कुटपिट गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया