काठमाडौं । सर्वोच्च बारको नयाँ नेतृत्वको पदस्थापन तथा रात्रिभोजमा सहभागी हुने बहानामा कामु प्रधानन्यायाधीश झगडिया होटल एलफ्टमा किन गए भन्ने प्रश्न अहिले पेचिलो बन्दै गएको छ ।
एलफ्ट सार्वजनिक जग्गा कब्जा गरेर बनाइएको आरोप जनस्तरबाट लाग्दै आएको छ । सार्वजनिक ऐतिहासिक कमलपोखरी मासेर बनाइएको छायाँ सेन्टरविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामै छ । उक्त छायाँ सेन्टरका योजनाकार सञ्चालक पृथ्वी बहादुर पाँडे हुन् । झगडियाको होटलमा कामु प्रधानन्यायाधीश कार्कीलगायत न्यायाधीशहरु लर्को लागेर भोज खान पुग्ने व्यवस्था सर्वोच्च बारले मिलाइदिएको हो । कामु प्रधानन्यायाधीश कार्की न्यायाधीशहरुलगायत नेपाल बारका गोपाल कृष्ण घिमिरे, अन्जना खनाल, कुष्ण प्रसाद भण्डारी, सर्वोच्च बारका हरिशंकर निरौला, पूर्णमान शाक्य, खगेन्द्र प्रसाद अधिकारीलगायत झण्डै दुई सय व्यक्ति उक्त ककटेल डिनर पार्टीमा सहभागी थिए । सोही दिन दिउँसो पनि सम्पदाप्रेमी भागवत नरसिंह प्रधान, राजवीर डंगोललगायत झण्डै ५० जनाको टोलीले सार्वजनिक ऐतिहासिक कमल पोखरी कब्जा गरेर बनाइएको छायाँ सेन्टर भत्काएर सांस्कृतिक सम्पदा जगेर्ना गर्नुपर्ने माग लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका थिए । उनीहरुले चाहिँ सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै शान्तिपूर्ण रुपमा कार्यक्रम गरेका थिए । तर सर्वोच्च अदालतका न्यायाधीशहरुले चाहिँ झगडिया होटलमा विना कुनै हिच्किचाहट खानपिन गरेका थिए ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया