मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
एटीएम कार्डबाट रकम निकाल्दा १५ रुपैयाँ चार्ज !
काठमाडौं,मोबाइल वालेटबाट अब दिनमा दुई लाख रुपैयाँसम्म कारोबार गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन एकीकृत निर्देशन–२०७९ जारी गर्दै सम्बन्धित सबै निकायहरुलाई यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
यो व्यवस्थापछि अब कुनै पनि ग्राहकहरुले आफ्नो मोबाइल वालेटबाट एक दिनमा दुई लाख रुपैयाँसम्म रकमान्तर गर्न सक्नेछ । यसअघि भने यस्तो कारोबारको प्रतिदिन सीमा एक लाख रुपैयाँ मात्र कायम रहेको थियो ।
यसअघि बैंक खाताबाट वालेटमा र वालेटबाट अन्य बैंक खातामा रकमान्तर गर्दा प्रतिकारोबार ५० हजार रुपैयाँसम्मको सीमा रहेकोमा राष्ट्र बैंकले एकीकृत निर्देशन– २०७९ जारी गर्दै उक्त व्यवस्थालाई पनि तत्कालको लागि हटाएको छ ।
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको रुपमा कारोबार गर्न अनुमति पाएका विप्रेषण कम्पनीहरुसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित वालेटमा जम्मा गर्नसक्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ ।
यो व्यवस्थाअनुसार रेमिट्यान्स प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएको सीमाले बाधा नपर्ने एकीकृत निर्देशन–२०७९ मा उल्लेख रहेको छ ।एकीकृत निर्देशन–२०७९ जारी गर्दै राष्ट्र बैंकले मोबाइल एप (क्यूआर कोड समेत) बाट हुने कारोबारको सीमा पनि बढाएको छ ।
यसअघि यस्तो कारोबारको सीमा दुई लाख रुपैयाँ रहेकोमा अब भने यस्तो कारोबारको सीमा बढाएर तीन लाख रुपैयाँ पु¥याइएको छ । राष्ट्र बैंकले सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)मा पाँच हजार रुपैयाँसम्म कारोबार गर्दा प्रतिकारोबार अधिकतम सेवा शुल्क पाँच रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंकका अनुसार यसअघि तीन हजार रुपैयाँसम्म कारोबार गर्दा पाँच रुपैयाँ लाग्ने व्यवस्था रहेको थियो । एकीकृत निर्देशन– २०७९ अनुसार अब पाँच सय एक रुपैयाँदेखि १० हजार रुपैयाँसम्म अधिकतम आठ रुपैयाँ र १० हजार एक रुपैयाँदेखि माथि १० रुपैयाँ तोकिएको छ ।
यसअघि तीन हजार एक देखि १० हजार रुपैयाँसम्मको कारोबारमा १० रुपैयाँ र १० हजार एकदेखि माथिको कारोबारमा २० रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था रहेको थियो ।
यसैगरी मोबाइल एप वा इन्टरनेट बैंकिङबाट विद्युतीय रकमान्तर (इन्टर बैंक फन्ड ट्रान्सफर) गर्दा सेवा प्रदायकहरुले प्रतिकारोबार अधिकतम १० रुपैयाँसम्म मात्रै सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार यसअघि यस्तो शुल्क रकमअनुसार १० रुपैयाँदेखि ३० रुपैयाँसम्म रहेको थियो ।
एकीकृत निर्देशन– २०७९ जारी गर्दै राष्ट्र बैंकले एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकाल्दा लाग्ने शुल्कलाई पनि आंशिकरुपमा घटाएको छ । यसअघि फरक बैंकको एटीएम कार्डमार्फत फरक बैंकबाट रकम निकाल्दा २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था रहेकोमा अब भने यस्तो शुल्कलाई घटाएर १५ रुपैयाँ बनाई राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया