Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारदुई सय ५५ बैंक तथा वित्तीय संस्थाहरू मर्ज

दुई सय ५५ बैंक तथा वित्तीय संस्थाहरू मर्ज


काठमाडौं,नेपालमा हालसम्म दुई सय ५५ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७९ पुस मसान्तसम्ममा कुुल दुुई सय ५५ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका हुुन् । यसमध्ये एक सय ८३ वटा संस्थाको अनुमति खारेज हुन गई कुल ७२ वटा संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कुुल संख्या भने यस अवधिमा एक सय २१ वटा कायम भएको छ । सो अनुुरुप २२ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ६४ वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने ११ हजार पाँच सय ८८ वटा पुुगेको छ ।

जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या पाँच हजार २९, विकास बैंकहरुको एक हजार एक सय २८, फाइनान्स कम्पनीहरुको दुुई सय ८० र लघुुवित्त वित्तीय संस्थाहरुको पाँच हजार एक सय ५१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यसअघि अर्थात् २०७९ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या ११ हजार पाँच सय २८ थियो ।

फेरि १८ अर्बको ट्रेजरी
नेपाल राष्ट्र बैंकले फागुन १ गते अर्थात् आज सोमबार पुनः १८ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही माघ २३ गते पनि राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति फागुन २ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँबराबरको रहेको छ ।

जसमध्ये २८ दिनेको २०७९ फागुन ३० गते, ९१ दिनेको २०८० जेठ दुई गते र एक सय ८२ दिने अवधिको २०८० साउन ३० गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुनेट्रेजरी बिलहरुमा ९१ दिने र एक सय ८२ दिने गरी क्रमशः दुई र छ अर्ब रुपैयाँबराबरको टे«जरी बिल पुरानो नवीकरणअन्तर्गतको र २८ दिने र ९१ दिने अवधिको पाँच, पाँच अर्ब रुपैयाँबराबरको कुल १० अर्ब रुपैयाँबराबरको टे«जरी बिल नयाँ छ ।
यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड, एक सय ८२ दिने अवधिको सात अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको टे«जरी बिल जारी गरेको थियो ।

मौद्रिक नीतिको समीक्षापछि एकै दिन ६० अंकले ओर्लियो सेयरबजार

नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक ग¥यो । तर यसले ‘पर्ख र हेर’को अवस्थामा बसेका आम सेयर लगानीकर्ताहरुलाई खासै असर गरेन । लगानीकर्ताहरुको अपेक्षा थियो– राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जामा लगाएको ४, १२ को क्याप हटाउँछ ।

यो क्याप हटाउनको लागि लगानीकर्ताहरुले राष्ट्र बैंकलाई सुझाव पनि दिएका थिए । तर यी सबै सुझावहरुलाई राष्ट्र बैंकले एउटा कुनामा थन्क्याइदियो । अर्थतन्त्र विस्तारै लयमा फर्किँदै गरेको भन्दै राष्ट्र बैंकले तरलता अनुपात, अनिवार्य नगद मौज्दात, सेयरधितो कर्जामा लगाएको क्यापलगायतमा पुरानै व्यवस्थालाई निरन्तरता दियो । यसको साइड इफेक्ट मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भएपछिको पहिलो दिन अर्थात् आइतबारको सेयरबजारमा देखिएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेदेखि नै ओलारो लाग्न थालेको बजार परिसूचक अन्तिम समयसम्म आइपुग्दा ६० दशमलव ७७ अंकले ओरालो लागेर २१ सय २१ दशमलव ८६ विन्दुमा खुम्चिएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ९९ अंकले ओरालो लागेर चार सय चार दशमलव ४३ विन्दुमा खुम्चिएको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ५३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् ।

जसबाट ५१ हजार दुई सय २६ पटकको कारोबारमा ८१ लाख ३९ हजार आठ सय ४० कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा यस दिन कुल कारोबार रकम तीन अर्ब चार करोड ७७ लाख ३९ हजार आठ सय १२ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये सबै उपसमूहहरुको सूचक ओरालो लागेर बजार परिसूचक पूरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक २८ दशमलव ७३ अंकले ओरालो लागेर १३ सय ७७ दशमलव २२ विन्दुमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि एक सय ४१ दशमलव ४९ अंकले ओरालो लागेर तीन हजार सात सय ५१ दशमलव ६१ विन्दुमा झरेको छ ।

फाइनान्स उपसमूहको सूचक पनि ८६ दशमलव ७४ अंकले ओरालो लागेर १७ सय ५९ दशमलव २० विन्दुमा झरेकोमा जलविद्युत् उपसमूहको सूचक पनि एक सय ११ दशमलव १९ अंकले ओरालो लागेर २६ सय २७ दशमलव ४८ विन्दुमा झरेको छ । जीवन बीमा उपसमूहको सूचक पनि तीन सय ५७ दशमलव २६ अंकले ओरालो लागेर १० हजार छ सय ५९ दशमलव १७ विन्दुमा झरेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि दुई सय ४० दशमलव ४५ अंकले ओरालो लागेर नौ हजार दुई सय तीन दशमलव ४७ विन्दुमा झरेको छ । यीबाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र टे«डिङ उपसमूहहरुको सूचक पनि क्रमशः ९० दशमलव ८७, दुई दशमलव ७०, दुई सय २० दशमलव ७३, एक सय दुई दशमलव ७२, शून्य दशमलव १२, ३७ दशमलव १६ र ४० दशमलव ५९ विन्दुले ओरालो लागेका छन् ।

यस दिन बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य चार दशमलव ४८ प्रतिशतले बढेर १३ सय ७५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको सामलिङ पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि तीन दशमलव ७३ प्रतिशतले बढेर चार सय ८७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक सयपत्री हाइड्रोपावर लिमिटेड, वाराही हाइड्रोपावर लिमिटेड आदिको सेयर मूल्य पनि उकालो लागेका छन् ।

गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको ङादी ग्रुप पावर लिमिटेडको सेयर मूल्य छ दशमलव ६० प्रतिशतले घटेर दुई सय ९६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन पावर पार्टनरको सेयर मूल्य पनि छ दशमलव ४४ प्रतिशतले घटेर तीन सय २५ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक खानीखोला हाइड्रोपावर कम्पनी, ग्रिन लाइफ हाइड्रोपावर लिमिटेड आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यस दिन हिमालयन डिष्टिलरी प्रालिको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता २६ सय पाँच रुपैयाँ अन्तिम मूल्यमा १४ करोड ३७ लाख ६८ हजार आठ सय ९५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको ङादी ग्रुप पावर लिमिटेडको पनि प्रतिकित्ता दुई सय ९६ रुपैयाँ अन्तिम मूल्यमा ११ करोड २९ लाख ११ हजार चार सय ३४ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक अपी पावर लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया