काठमाडौं । ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले जनाएको छ ।
सवाघण्टा अवरुद्ध भएको उडान सेवा अहिले नियमित सञ्चालन भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । “अध्यागमनको सर्भर डाउन हुँदा सवाघण्टा उडान सेवा प्रभावित भएको थियो । दिउँसो २ः३५ देखि नियमित उडान भइरहेको छ”, उनले भने ।
उडान अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए । यसअघि पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । अन्तर्राष्ट्रिय उडानका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
- स्वावलम्बनको वित्तीय साक्षरता
- अर्थतन्त्र सुधार्ने जिम्मा डा. महतलाई
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया